ネパール語の最近のブログ記事



कावासाकी अन्तर्राष्ट्रिय केन्द्रको होमपेजबाट「सजिलो जापानी भाषामा 」डाउनलोड गर्न सकिन्छ भन्ने थाहा छ ?
https://www.kian.or.jp/kic/topics/yubisashi.shtml

अस्पताल र विद्यालय संग सम्बन्धित शब्दहरू सजिलो जापानी भाषामा,अंग्रेजी,कोरियन,स्पेनिस,प्रोतुगाली,फिलिपिन भाषामा अनुवाद गरिएको छ।
जापानी प्रयोग गर्न चाहनुभएको शब्दको सङ्ख्या हातले देखाएर प्रयोग गर्न सक्नुहुन्छ।

अस्पताल सम्बन्धी
https://www.kian.or.jp/kic/topics/yubisashi-medical.shtml
विद्यालय सम्बन्धी
https://www.kian.or.jp/kic/topics/yubisashi-school.shtml

वसन्त ऋतु विद्यालय ग्राजुएसन समारोह, विद्यालय प्रवेस समारोह, नयाँ विद्यालय वर्षको सुरुवात, र स्वास्थ्य जाँचको सिजन हो त्यसैले यो बेला यी शब्दको प्रयोग गर्न सक्नुहुनेछ। ]

मार्च ३ तारिक हिना पर्वलाई आरूको पर्व पनि भन्दछन,
बालिकाहरुको (छोरीहरुको) सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्रार्थना गर्ने दिन हो।

परापूर्वकालदेखि नै यो पर्वमा विभिन्न भनाईहरू छन्। १, ३, ५, ७ र ९ बिजोर अंक भएका दिनमाकेहि नराम्रो हुन् सक्छ भनेर कुनै पर्व मार्फत नराम्रो कुरालाई भगाउने चलनबाट सुरु भएको हो। 8 औं शताब्दीको अन्तिमतिर शान्तिको अवधिमा , मार्च 3 मा (जोउसी पर्व), मे 5 मा (तान्गो पर्व)र जुलाई 7 मा (तानाबाता) जस्ता वार्षिक पर्वका कार्यक्रमहरू भए।

हिनापर्व पूर्व दरबारका कुलीनहरूका छोराछोरीहरूद्वारा पुतलीसँग खेल्न सुरुगरी,यो समुराईलाई हस्तान्तरण गरिएको थियो र आधुनिक समयमा सामान्य भएको छ।

आरूको रूखलाई एक शुभ बिरुवा मानिन्थ्यो। जसले रोग र दुर्भाग्यबाट बचाउँछ।,आरुको फूलहरु फुल्छन्। वसन्त ऋतुमा आरूको फेस्टिवल पनि भन्छन्।
वसन्त ऋतु हेर्न मन पर्खिरहेको हुन्छ है।

आजभोली सबभन्दा चिसो समय छ। तपाईहरू सन्चै हुनुहुन्छ?
चिसोका कारण,आजभोली कोरोना र इन्फ्लुएन्जाको संक्रमण बढीरहेको छ।
जापानी भाषा बाहेकको भाषामा प्रयोग गर्न सकिने अस्पतालको जानकारीको लिंक तल बताऊछौँ। त्यसैले यो जानकारीले तपाई स्वस्थ रहन सहयोग गर्नेछ।


■खावासाकीनो ओइस्यासान 」
http://www.iryo-kensaku.jp/kawasaki/

■MIC खानागावा
https://mickanagawa.web.fc2.com/

■The Japan National Tourism Organization (JNTO)
https://www.jnto.go.jp/emergency/eng/mi_guide.html

■AMDA कोकुसाई इर्योउ जोउहोउ सेन्टर(अन्तरास्ट्रिय स्वास्थ्य सम्बन्धी जानकारी
केन्द्र)
https://www.amdamedicalcenter.com/
   
■MSD MANUAL
https://www.msdmanuals.com/en-jp/home

सबैको स्वास्थ्य राम्रो होस् भन्ने कामना गर्दछौं।

「बिदेशी विद्यार्थीहरूको प्रथामिक विद्यालय प्रवेशबारे जानकारी दिने कार्यक्रमको」 सहभागिताकोलागी सुचना ।


「प्राथमिक विद्यालय भनेको कस्तो ठाउँ हो?」

「जापानी भाषा बुझिनँ, विद्यालयको जानकारी दिने कार्यक्रममा गएपनि केहि बुझिनँ...」
आदि प्रथामिक विद्यालय भर्नाको बारेमा सजिलो र बुझनेगरि जानकारी दिएर सहयोग गर्छौं ।


जापानी प्राथमिक विद्यालयहरूको बारेमा पूर्व प्रधानाध्यापक र अनुभवी आमाहरूका कुरा सुनाई,भिडियो र गाइडबुक (बिदेशी भाषामा भएको र खान्जीको माथि हिरागाना लेखेको )
जानकारी हेर्दै स्कूलको जीवन र स्कूलमा प्रवेश गर्नु अघि गर्नुपर्ने तयारी बारे पनि जानकारी दिनेछौं।

मिती र समय :२०२३/१/२८ तरिक (शनिबार ) १३ :३०~१६ :००

स्थान :खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल

शुल्क :निशुल्क (अनुवादक र बच्चाहेर्ने मान्छे उपलब्ध,बुकिङ्ग अनिवार्य गर्नुपर्छ ।)

आवेदन र थप जानकारीको लागी :फोन ०४४-४५५-८८११, इमेल soudan39@kian.or.jp
अथवा बुकिङ्ग गर्न केन्द्रमा आउन पनि सक्नुहुन्छ।

थप जानकारीको लागि होमपेज तथा कार्यक्रमको पर्चा हेर्नुहोस्।
https://www.kian.or.jp/evenko22/event/admission-guidance.shtml

रेइवा ५ तथा अंग्रेजी नयाँवर्ष २०२३ को तपाईहरु सबैलाई शुभकामना।
यो वर्षको जनावर चक्र खरायो हो ।जापानमा प्रत्येक वर्षहरुमा १२ वटा जनावरहरू प्रयोग गरिन्छ ।
हरेक वर्ष प्रयोग गरिने जनावरहरुमा मुसा, गाई, बाघ, खरायो, अजिङ्गर, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर र बँदेल छन्।
यो वर्ष खरायोको वर्ष हो ।खरायो बलियो जनावर भएकोले यो वर्ष पनि खरायो जस्तै फड्को मार्ने वर्ष हुने कामना गर्दछौँ ।
सबैजनाको समृद्धिको वर्ष हुनेछ । हामी तपाईलाई सुखी र शान्तीको वर्षको कामना गर्दछौं ।

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले विदेशी नागरिकहरूको लागि वार्षिक "जापानिज भाषा वक्तृत्व-कला प्रतियोगिता" आयोजना गर्न गइरहेको छ।
उच्चतम पुरस्कार स्वरुप 30,000 येन मूल्य बराबरको सामानहरु किन्ने कुपन प्रदान गरिनेछ। तपाईहरुको आवेदनको प्रतीक्षा गर्दैछौं।

आवेदन दिने अवधि: २०२२/ १२ / १ (बिहिबार) देखि २०२३/ १ / १८ (बुधबार)
मिति र समय: २०२३/ २/ १८ (शनिबार) दिउँसो १:०० बाट ३:३० सम्म
(※नोट)खराब मौसम आदिका कारण रद्द भएमा मार्च ४ (शनिबार) को लागि स्थगित हुनेछ।
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको हल
(※नोट) यस वर्ष पनि कोरोना भाइरस संक्रमण रोकथामलाई ध्यानमा राखेर प्रतियोगिता सकेपछिको जमघट कार्यक्रम आयोजना गर्दैनौं।

<आवेदकको योग्यता> मातृभाषा जापानिज भाषा नभएको र जापान आएको ५ वर्ष पुगेको १६ वर्ष अथवा सो भन्दा माथिका विदेशीहरु
<वक्तृत्व-कला प्रतियोगिताको ढाँचा> प्रति व्यक्तिको बोल्ने समय ५ मिनेट हुनेछ।

(१) खावासाकी शहरको उच्च माध्यमिक विद्यालय, विश्वविद्यालय, व्यावसायिक (सेन्मोन) विद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थी
(२) खावासाकी शहर भित्रको सरकारी केन्द्र जस्ता जापानिज भाषा पढाउने कक्षामा अध्ययन गर्ने विदेशी विद्यार्थी
(३) खावासाकी शहर भित्रको कम्पनीमा काम गर्ने अथवा तालिम लिई राखेको विदेशी
(※नोट) सहभागिताको लागि आवेदन दिनको लागि (१) र (२) को लागि पढने ठाउँ सिफारिस र (३) को लागि काम गर्ने ठाउँको कार्यालय प्रमुखको सिफारिस चाहिन्छ।

माथि उल्लेखित कुराहरु बाहेक आवेदन सम्बन्धि केहि प्रश्नहरु भएमा खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा सम्पर्क गर्नु होस्।
फोन नं.: 044-435-7000 
https://www.kian.or.jp/kic/topics/speech22.shtml

खावासाकी अन्तरास्ट्रिय केन्द्रमा विदेशी तथा विदेशसँग जोडिएका बच्चाको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम संचालन गर्न गइरहेका छौं।
"जापानको प्राथमिक विद्यालय भनेको कस्तो ठाउँ हो? " "जापानिज भाषा नबुझ्ने हुनाले विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रममा गए पनि केहि बुझ्दिन..." जस्ता प्राथमिक विद्यालय भर्ना सम्बन्धि चिन्ता तथा प्रश्नहरूको उत्तर दिई मद्दत गर्छौं। जापानको प्राथमिक विद्यालयको बारेमा पूर्व प्रधानाध्यापकको कुराहरु सुन्नेछौँ र भिडियो तथा गाइडबुक (बहुभाषी र खान्जिको माथि हिरागाना लेखेको) हेर्दै विद्यार्थी जीवन र भर्नाको लागि के-के तयारी गर्ने भनेर व्याख्या गर्नेछौं।
कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि होमपेज तथा कार्यक्रमको पर्चा हेर्नुहोस्।

मिति   :२०२३/ १/ २८ (शनिबार) दिउँसो १:३० देखि ४:०० सम्म 
स्थान  :खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क  :नि:शुल्क (अनुवाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)      
सम्पर्क :फोन(044-455-8811)、इमेल(soudan39@kian.or.jp)अथवा केन्द्रमा आएर प्रत्यक्ष आवेदन

के तपाईहरुको रोजगार खोज्ने काम बिना कुनै समस्या राम्रो हुदै छ ?
खावासाकी अन्तर्राष्ट्रिय संघमा यो वर्ष पनि विदेशी बासिन्दाहरूको लागि रोजगार खोज्न आवश्यक जानकारी दिने सेमिनार आयोजना हुन गैरहेको छ।
अनुभवी प्रशिक्षकद्वारा व्यावहारिक कुराहरुको व्याख्या, अन्तरवार्ताको प्रदर्शन आदिको माध्यम बाट तपाईहरुलाई जापानमा रोजगार खोज्न सहयोग गर्नेछौं।
यदि भाषिक अनुवादको आवश्यक भएमा आवेदन दिंदा हामीलाई जानकारी गराउनु होस्।

मिति : २०२२/ ११/ २६ (शनिबार)  बिहान १० बजे देखि १२ बजे सम्म
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला, दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)
२-२ किजुकी गिओन्च्यो, नाकाहारा वडा, खावासाकी (तोयोको लाईन मोतोसुमियोशी स्टेशनबाट पैदल हिडेर १० मिनेट)
लक्षित संख्या : २० जना सम्म (पहिला आवेदन दिनेलाई पहिलो प्राथमिकता)
सहभागिता शुल्क : नि:शुल्क
बिषय : रोजगार खोज्दाको आधारभूत ज्ञान, खोज्ने तरिका तथा ध्यान पर्याउने पर्ने कुराहरु, अन्तरवार्ताको अभ्यास र प्रश्नोत्तर 
प्रशिक्षक : उकेन एकेडेमीको प्रधानाध्यापक फान्ग जेन हुआ(Fang Zhen Hua)

सम्पर्क/आवेदन : खावासाकी अन्तर्राष्ट्रिय संघमा फोन अथवा ईमेल बाट बुकिङ्ग गर्नुहोस्। ।     
फोन नं : 044-435-7000  
ईमेल : soudan39@kian.or.jp

शरद ऋतु पनि शुरु भइसकेको छ र शरद ऋतुका रंगीबिरंगी पातहरु हेर्नको लागि प्रसिद्ध ठाउँ इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा) को रुखहरुको पातको रङ परिवर्तन हुन थालेका छन्।
इकुटार्योकुचीमा भएको जापानिज परम्परागत बगैंचामा विभिन्न ठाउँहरुमा भएको परम्परागत घरहरु बनाएको २५ किसिमका परम्परागत घरहरु थियो। परम्परागत घरको क्याफे र शिरोखावा-गो-गासो शैलीले बनाएको परम्परागत घरको सोबा रेस्टुरेन्ट बाट पनि शरद ऋतुको आनन्द लिन सक्नुहुन्छ।
विस्तृत जानकारीको लागि तलको लिंक हेर्नुहोस्।

इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा)
https://www.ikutaryokuti.jp/ बाहिरी वेबसाइटको लिंक
रेस्टुरेन्ट र क्याफे
https://www.ikutaryokuti.jp/food_cafe.html बाहिरी वेबसाइटको लिंक
मार्गदर्शन (ओडाक्यु लाइन मुकोगाओखायुएन स्टेशनबाट हिडेर १५ मिनेटमा)
https://www.ikutaryokuti.jp/access.html बाहिरी वेबसाइटको लिंक

* होमपेज बहुभाषामा पनि उपलब्ध छ।

रुसी सेनाले आक्रमण गर्दा युक्रेनको स्थिति अझै गम्भीर छ। युक्रेनीहरुलाई सहयोग गर्ने चाहेको तर कसरी सहयोग गर्ने भन्ने बारे थाहा नभएको मानिसहरुले वन स्टप सेन्टरमा सम्पर्क गारेर सोधपुछ गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई सहयोग गर्ने विभिन्न तरिकाहरुको बारेमा जानकारी प्रदान गर्ने छौं।
खावासाकी अन्तर्राष्ट्रिय संघले खानागावा युनिसेफ संघसँगको सहकार्यमा “युक्रेन आपतकालीन चन्दा” सङ्कलन गर्ने कार्य गर्दै आइरहेको छ।
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको काउन्टरमा चन्दा बाकस रखिएको छ। यदि चन्दा दिन चाहनु हुन्छ भने खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा आएर काउन्टरको चन्दा बाकसमा चन्दा खसाल्न सक्नुहुन्छ अथवा युनिसेफ संघको “युक्रेन आपतकालीन चन्दा” को वेबसाइट (https://unicef-kanagawa.jp/topics/522/ बाहिरी वेबसाइटको लिंक) बाट पनि चन्दा पठाउन सक्नुहुन्छ।
साथै खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले युक्रेनी शरणार्थीहरू लक्षित निम्न परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको छ।

बार र समय : सोमबार देखि शनिबार बिहान ९ बजे बाट साँझ ५ बजे सम्म
फोन नं : 044-455-8811
ईमेल : soudan39@kian.or.jp
जुम अनलाइन परामर्श: https://kian.or.jp/kic/soudan.shtml (अग्रिम बुकिङ्गको आवश्यक)
भाषाहरु : युक्रेनी भाषाको अनुवादक नभएको कारणले अनुवाद एप्प प्रयोग गरेर सल्लाहकारले परामर्श गर्ने गर्छ। अन्य भाषाहरूको लागि तलको वेबसाइटमा हेर्नुहोस्।
https://www.अनुवादकkian.or.jp/kic/soudan.shtml

सक्दो चाँडो युक्रेनमा शान्ति फर्कोस भन्ने कामना गर्दछु।

खावासाकी अन्तर्राष्ट्रिय संघले विदेशी बासिन्दाहरूको लागि रोजगार खोज्ने सम्बन्धित आवश्यक जानकारी दिने सेमिनार आयोजना गर्ने गइरहेको छ।

मिति : २०२२/ ११/ २६ (शनिबार)  बिहान १० बजे देखि १२ बजे सम्म
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला, दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)
लक्षित संख्या : २० जना सम्म (पहिला आवेदन दिनेलाई पहिलो प्राथमिकता)
सहभागिता शुल्क : नि:शुल्क
बिषय : (१) रोजगार खोज्दाको आधारभूत ज्ञान  (२) रोजगार खोज्ने तरिका (३)अन्तरवार्ताको अभ्यास
(४)रोजगार खोज्दा ध्यान पर्याउने पर्ने कुराहरु  (५) रोजगार खोज्दाको प्रश्नोत्तर 
प्रशिक्षक : उकेन एकेडेमीको प्रधानाध्यापक फान्ग जेन हुआ(Fang Zhen Hua)

सम्पर्क/आवेदन : खावासाकी अन्तर्राष्ट्रिय संघमा फोन अथवा ईमेल बाट बुकिङ्ग गर्नुहोस्। ।     
फोन नं : 044-435-7000  ईमेल : soudan39@kian.or.jp

शरद ऋतु शुरु भई बिहान र साँझ शीतल हुन थालेकोले दिन बिताउन सजिलो भएको छ।

जापानमा प्रत्येक महिनाको छुट्टै नाम छ। त्यस नाम अनुसार सेप्टेम्बरलाई "लामो रात (नागाचुकी)" भनिन्छ। नामको पछाडि विभिन्न भनाईहरु छ। तर एउटा भनाई अनुसार गर्मी महिना सकेपछि दिनहरु छोटो र रातहरु बिस्तारै लामो हुदै जाने अवस्थालाई जनाउदै रखिएको नाम हो।
सेप्टेम्बरमा "शरद ऋतुको बिचको पुर्णिमा (च्यूस्यू-नो-मेइगेचु" भनिने पर्व पनि मनाइन्छ। यो चन्द्र पात्रो अनुसार अगस्त १५ तारिखको रातमा देखिने चन्द्रमाको प्रशंसा गर्ने पर्व हो। यो वर्ष सेप्टेम्बर १० तारिखको पुर्णिमाको दिन यो पर्व परेको छ। यो वर्षको पर्वको दिन खुल्ला आकासको सुन्दर पूर्णिमालाई धेरै मानिसहरुले हेरेको होला भन्ने लागेको छ।

कीराहरूको आवाज सुन्दै मन देखि आनन्द लिएर चन्द्रमा हेर्दा केहि पल बिताउनु पनि राम्रै कुरा होइन् र !

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा Zoom अनलाइन मार्फत "भेटघाट तथा छलफल कार्यक्रम" आयोजना गर्न गइरहेका छौं।
यस पटक बैंककको व्यक्तिले अनलाइन मार्फत "थाई खाना" पकाउन सिकाउँछ। साथै थाई संस्कृतिको बारे परिचय गर्छ। त्यसबाहेक सबै जना मिलेर विभिन्न कुराकानी गर्ने र प्रश्नोत्तर गर्ने समय पनि छुट्टै छ। त्यसैले नहिचकिचाईकन अवश्य भाग लिनुहोस्।

मिति र समय:२०२२ / १० / १५ (शनिबार)  बिहान ११ बजे बाट दिउँसो १ बजे सम्म
सहभागिता शुल्क: नि:शुल्क(अनलाइन भएकोले)
आवेदकको योग्यता : १३ वर्ष अथवा सो भन्दा माथिको व्यक्ति
आवेदन दिने तरिका:२०२२/१०/४ सम्ममा होमपेजको आवेदन फारम अथवा ई-मेल बाट आवेदन दिनुहोस्।
आवेदन फारमको पेज:https://www.kian.or.jp/frm-wf-221.shtml  ई-मेल: soudan39@kian.or.jp
※ कार्यक्रमको विस्तृत विवरण: https://www.kian.or.jp/evenko22/event/wf-thai.shtml

अनलाइन मार्फत सुरक्षित र ढुक्क भएर रमाईलो गरौं!

अहिले सम्म धेरैले प्रयोग गरि सक्नु भएको खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको परामर्श सेवाको वान स्टप केन्द्रमा (केहि पर्दा सबैभन्दा पहिला सम्पर्क गर्ने ठाउँमा) सजिलो जापानिज भाषा सहित ११ भाषाहरुमा विदेशी बासिन्दाको समस्याहरुको समाधान गर्न परामर्श सेवाहरु प्रदान गर्दै आइरहेका छौं।
१२ जना सल्लाहकारहरु मध्ये धेरैजसो सल्लाहकारहरु विदेशी भएको हुनाले मातृभाषामा भाषा, संस्कृति र चलनहरुहरु आदिमा असर नपर्ने गरि सल्लाह गर्न सक्नुहुन्छ। परामर्श पछि तपाईहरुको समस्या समाधान भई तपाईहरुले ढुक्क महसुस गरेमा हामी खुसी हुनेछौं।
काउन्टरमा आएर मात्र नभई इमेल, फोन र अनलाइन (Zoom) बाट पनि परामर्श सेवा लिन सक्नुहुन्छ। विस्तृत विवरणको लागि तलको लिङ्क हेर्नुहोस्।
https://www.kian.or.jp/kic/soudan.shtml

साथै खावासाकी शहरको प्रत्येक वडा कार्यालयमा भिडियो फोन मार्फत सल्लाहकारसँग सीधै परामर्श लिन मिल्ने सुविधा पनि उपलब्ध भएको हुँदा बिना सङ्कोच यस सुविधाको प्रयोग गरेर हेनुहोस्।

जुलाईको लामो बिदा सकिएपछि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च भएको छ ।
यस्तो अवस्थामा सही जानकारी बारे थाहा पाइराख्न धेरैनै महत्त्वपूर्ण हुन्छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले विदेशीहरुले जानकारी हासिल गर्नको लागि बनाएको वेबसाइट छ। हेर्नुहोला।

COVID-19 को बारेमा सजिलो जापानिज सहित २१ वटा भाषाहरुमा व्याख्या गरिएको छ।
https://www.covid19-info.jp

कोरोना भाइरसको खोप सम्बन्धि जानकारी
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/vaccine_tagengo.html

बिसन्चो भएको बेलामा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने तरिका
https://www.jnto.go.jp/emergency/jpn/mi_guide.html

सबैले आ-आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला।

最近のブログ記事

counter