शैक्षिक सामग्री अनुदानका लागि अनुरोध

यस कावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना हुन गइरहेको प्राथमिक विद्यालय भर्ना सम्बन्धी जानकारीमूलक कार्यक्रम को अवसरमा, अझै प्रयोग गर्न मिल्ने रान्डोसेरु (विद्यालय झोला), पढाइका सामग्री, भर्ना समारोहमा लगाउने कपडा, तथा व्यायाम पोशाक लगायतका सामग्रीहरू संकलन गरिँदैछ।

यस केन्द्रमा संकलन गरिएका सामग्रीहरू आवश्यक परेका परिवारहरूलाई वितरण गरिनेछ।

दान गर्न इच्छुक महानुभावहरूले कृपया कावासाकी अन्तर्राष्ट्रिय संघ सँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

फोन: 044-435-7000
ई-मेल: soudan39@kian.or.jp