विदेशीहरुको लागि, रमाइलो र उपयोगी जापानी भाषा कक्षाहरू

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा विदेशीहरुको लागि रमाइलो र उपयोगी जापानी भाषाको कक्षा हरु संचालन भइरहेको छ। इचुकहरुले कृपया तल को ठेगाना मा सम्पर्क गर्नु होला ।

आवेदन र सोधपुछका लागि सम्पर्क:

फोन: 044-435-7000
इमेल: kiankawasaki@kian.or.jp

बिहानको कक्षा प्रत्येक मंगलबार र शुक्रबार  बिहान 9:50 देखि 11:50 सम्म

पहिलो सेमेस्टर अप्रिल 14 (मंगलबार) ~ जुन 30 (मंगलबार) (22 वटा क्लास) \12,100
दोस्रो सेमेस्टर सेप्टेम्बर 8 (मंगलबार) ~ नोभेम्बर 27 (शुक्रबार) (22 वटा क्लास) \12,100
तेस्रो सेमेस्टर जनवरी 12,2027 (मंगलबार) ~ मार्च 12 (शुक्रबार) (17 वटा क्लास) \12,100
※1 वर्ष माथिको बच्चाहरु नि:शुल्क हेरिदिने सुबिधा उपलब्ध छ ।

रातिको कक्षा प्रत्येक बुधबार   साँझ 6:30 देखि 8:30 सम्म

पहिलो सेमेस्टर अप्रिल 8 (बुधबार) ~ जुलाई 8 (बुधबार) (12 वटा क्लास) \6,600
दोस्रो सेमेस्टर सेप्टेम्बर 2 (बुधबार) ~ डिसेम्बर 16 (बुधबार) (15 वटा क्लास) \8,250
तेस्रो सेमेस्टर जनवरी 13,2027 (बुधबार) ~मार्च 10 (बुधबार) सम्म (9 वटा क्लास) \4,950

※कक्षाहरू कावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा संचालन हुनेछ।
※कक्षा तालिका परिवर्तन हुन सक्छ।

★हिरागाना र काताकाना पढ्न सक्ने व्यक्तिको परिक्षा लिएर कक्षा निर्धारण गरिन्छ। 
★शैक्षिक शुल्क प्रत्येक सेमेस्टरको पहिलो दिनमा तिर्नुपर्ने हुन्छ।  यदि तपाईं बिदा बस्नुभयो भने पनि, पैसा फिर्ता हुदैन।
★पाठ्यपुस्तकहरूको लागि छुट्टै शुल्क लाग्नेछ। शुरुवातका कक्षाहरूका लागि, हामी जापान फाउन्डेशनको 'मारुगोटो' पुस्तक प्रयोग गर्नेछौं। (पुस्तक 2,090 येन ~ 3,080 येन लाग्नेछ।)
★10 जना जतिको समूह बनाएर पढाईन्छ ।
★जापानिज संस्कृति तथा आफू बस्ने क्षेत्र र त्यहाँ आईपर्ने प्राकृतिक प्रकोपको बारेमा बुझ्नको लागि आवश्यक कार्यक्रमहरु पनि हुन्छ ।