ネパール語の最近のブログ記事

📅 मिति: 2025 नोभेम्बर 9 (आइतबार)
🕙 समय: बिहान 10 बजे देखि बेलुका 4 बजे सम्म
📍 स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
(टोक्यु तोयोको लाइन/मेगुरो लाइन "मोतोसुमियोशी" स्टेशनबाट पैदल 12 मिनेट)

🎉 के-के हुन्छ त?
यस कार्यक्रममा विभिन्न राष्ट्रका सांगीतिक प्रस्तुति तथा नृत्य हेर्न सकिनेछ। सहभागीहरूले विभिन्न देशका परिकारहरू स्वाद गर्न र परम्परागत सामग्रीहरू खरिद गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। जापानी संस्कृति र परम्परागत खेलहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्रदान गरिनेछ। साथै, स्ट्याम्प र्‍यालीजस्ता आकर्षक गतिविधिमा सहभागी भई थप रमाइलो गर्न सकिनेछ। यो कार्यक्रम सबै उमेर समूहका व्यक्तिहरूका लागि मनोरञ्जनात्मक तथा शैक्षिक दुबै दृष्टिले लाभदायक हुनेछ।

यस कावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा विभिन्न देश तथा क्षेत्रका संस्कृतिहरू अनुभव गर्न सकिने " 2025 इन्टरनेशनल फेस्टिवल इन खावासाकी" आयोजना हुँदैछ। यस कार्यक्रममा स्वयंसेवकको आबस्यकता परेको हुदा इच्छुक ले सम्पर्क गर्नुहोला ।

मिति र समय :
① पूर्व तयारीको दिन
मिति र समय: नोभेम्बर 8(शनिवार) बिहान 10:00 देखि दिउँसो 2:00 बजे (मध्यान्ह विश्राम सहित)
स्थान: कावासाकी सहर अन्तर्राष्ट्रिय केन्द्र
काम: स्थल तयार पार्ने (सामाग्री सार्ने, राख्ने, सजावट गर्ने आदि)
सुविधा: ओनिगिरी र केहि उपहारहरु

② फेस्टिवलको दिन
मिति र समय: नोभेम्बर 9 (आइतबार) बिहान 9:30 देखि बेलुका 5:30 बजे (मध्यान्ह विश्राम सहित)
स्थान: कावासाकी सहर अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र
काम: विभिन्न कोठाहरूमा सहयोग र अन्त्यमा सरसफाइ
सुविधा: ओनिगिरी र केहि उपहारहरु

दर्ता गर्न: https://www.kian.or.jp/frm-vol-fes25.shtml
दर्ता अन्तिम मिति: अक्टोबर 30 (बिहीबार)

📅 मिति:2025 अगस्ट 31 (आइतबार)
🕘 समय:बिहान 9:00 बजे -12:00 बजे
📍 स्थान:खावासाकी सोगो खागाकु उच्च माध्यमिक विद्यालय
(प्राकृतिक विपद्‌ तयारी अभ्यास स्थल सँगै)
💰 शुल्क:निःशुल्क!(फ्री)
📝 पूर्व आवेदन:आवश्यक छैन
📞 सम्पर्क जानकारी (Contact):

📌 खावासाकी अन्तर्राष्ट्रिय केन्द्र (Kawasaki International Association)
📞 फोन: 044-435-7000
📧 इमेल: soudan39@kian.or.jp

कावासाकी शहरमा सुनामीको चेतावनी जारी गरिएको छ।
कृपया तुरुन्तै समुद्र तथा नदी क्षेत्रहरूबाट टाढा जानुहोस्।चेतावनी पूर्ण रूपमा हटाइएपछि मात्र उक्त क्षेत्रहरूमा जानुहोस्।आफू र आफ्नो परिवारको सुरक्षाको लागि सुरक्षित स्थानमा बस्न अनुरोध गरिन्छ।

मिति र समय :
2025/7/5 (शनिबार) बिहान 10:00 बजेदेखि 12:00 बजेसम्म

स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, दोस्रो तल्ला
"दान्खाचु खाचुदोउ कोठा" (समूह कार्यक्रम कोठा)

लक्षित व्यक्ति :
विश्वविद्यालय, दुई-वर्षे कलेज, प्राविधिक विद्यालय, उच्च माध्यमिक विद्यालय आदि तहका विद्यार्थीहरू
(साथै यी तहहरू पास गरिसकेका विद्यार्थीहरू पनि)

विषयहरू :
रोजगार सम्बन्धी आधारभूत ज्ञान
रोजगार खोज्ने तरिका
रोजगार खोज्दा ध्यान दिनु पर्ने कुराहरू
रोजगार अन्तर्वार्ताको अभ्यास
रोजगारसम्बन्धी प्रश्नोत्तर

शुल्क :
नि:शुल्क (तर अग्रिम बुकिङ अनिवार्य)

सहभागी संख्याको सीमा :
20जना (पहिला आवेदन दिनेहरूलाई प्राथमिकता दिइनेछ)

आवेदन दिने तरिका :
फोन, इमेल वा सिधै केन्द्रमा आएर सहभागी हुन आवेदन दिनुहोस्।

आवेदन तथा सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय संघ
ठेगाना: 2-2 किजुकी गिअओन्चो, नाकाहारा वडा, खावासाकी
फोन नं.: 044-435-7000
इमेल: kiankawasaki@kian.or.jp
खुल्ने समय: बिहान 8:30 देखि साँझ  5:15 सम्म

नगरपालिकाले दिने आवासको लागि आवेदन दिन चाहने, तर फारम भर्ने तरिका थाहा नभएका व्यक्तिहरूलाई आवेदन भर्न सिकाइनेछ, र साथसाथै ती व्यक्तिहरूलाई फारम भरी र पेश गर्न मद्दत पनि गरिनेछ।

मिति र समय : जुन 14 तारिख(शनि)10:00 -- 12:00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, पहिलो तल्लाको 2 नं मिटिंग कोठा
आवेदन : जुन 11 तारिख (बुध) 16:30 सम्ममा फोन गर्नुहोला, अथवा केद्रमा आउनु होला।
फोन : 044-435-7000 ईमेल : kiankawasaki@kian.or.jp

नगरपालिकाले दिने आवासको लागि आवेदन दिन चाहने, तर फारम भर्ने तरिका थाहा नभएका व्यक्तिहरूलाई आवेदन भर्न सिकाइनेछ, र साथसाथै ती व्यक्तिहरूलाई फारम भरी र पेश गर्न मद्दत पनि गरिनेछ।

मिति र समय : जुन 14 तारिख(शनि)10:00 — 12:00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, पहिलो तल्लाको 2 नं मिटिंग कोठा
आवेदन : जुन 11 तारिख (बुध) 16:30 सम्ममा फोन गर्नुहोला, अथवा केद्रमा आउनु होला।
फोन : 044-435-7000   ईमेल : kiankawasaki@kian.or.jp

मिति : मे 17 तारिख (शनि) 10:00 ~ 12:00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, हल
लक्षित व्यक्ति : लिमेन्टरी स्कूल विद्यार्थी भन्दा माथिको, जुनै देशको नागरिक भएपनि हुने 
लिने संख्या : 24 जना जति (पहिलो निबेदन दिनेलाई प्राथमिकता दिईनेछ)
निबेदन  : निवेदन फर्म बाट निवेदन दिनु होला। (अप्रिल 1 (मंगल) बाट निवेदन लिन शुरु गरिनेछ। ) 
सम्पर्क : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन : 044-435-7000  ई-मेल:kiankawasaki@kian.or.jp

सानो समूह बनाएर पढाईन्छ।
बिहानको कक्षा प्रत्येक मंगलबार र शुक्रबार बिहान 9:50 देखि 11:50 सम्म
 पहिलो सेमेस्टर 11 अप्रिल (शुक्रबार) ~ 11 जुलाई(शुक्रबार)(24 पटक)13,000 येन
 दोस्रो सेमेस्टर 12 सेप्टेम्बर(शुक्रबार)~21 नोभेम्बर(शुक्रबार)(20 पटक)11,000 येन
 तेस्रो सेमेस्टर 2026 साल 13 जनवरी (मंगलबार) ~ 10 मार्च (मंगलबार)(17 पटक)9,350 येन  
 ※1 वर्ष माथिको बच्चाहरु नि:शुल्क हेरिदिने सुबिधा उपलब्ध छ ।
रातिको कक्षा प्रत्येक बुधबार   साँझ 6:30 देखि 8:30 सम्म
 पहिलो सेमेस्टर 9 अप्रिल ~ 30 जुलाई(बुधबार) (16 पटक)8,800 येन
 दोस्रो सेमेस्टर 3 सेप्टेम्बर ~ 12 अक्टुबर(बुधबार)(11 पटक)6,050 येन
 तेस्रो सेमेस्टर 14 जनवरी~ 18 मार्च(बुधबार)(9 पटक)4,950 येनimg-20250401162343.jpg
※ बच्चा हेरिदिने सुविधा छैन । ※पाठ्यपुस्तक शुल्क अलग्गै लाग्नेछ।
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र    सम्पर्क :खावासाकी अन्तर्राष्ट्रिय संघ
फोन नं. : 044-435-7000   ईमेल : kiankawasaki@kian.or.jp
※तालिका परिवर्तन हुन सक्छ। कृपया आवेदन दिदा चेक गर्नुहोला। 

खावासाकी शहरमा हेर्न लायकका धेरै पार्क र हरियाली ठाउँहरू छन्। तीमध्ये हामी केहि स्थानहरू परिचय गराउँदैछौं जहाँ चेरी फूलहरू विशेष गरी सुन्दर छन्। पक्कै पनि नछुटाउनुहोस्।

युमेमिगासाकी चिडियाखाना पार्क (Yumemi Zoo) (साइवाइ-कु・जे आर सिनखावासाकी स्टेशन अथवा कासिमादा स्टेशन)
चिडियाखानाभित्र विभिन्न स्थानहरूमा चेरी फूलहरू रोपिएका छन्, जहाँ तपाईं एकै समयमा जनावरहरू र चेरी फूलहरूको आनन्द लिन सक्नुहुन्छ। सोमी योशिनो र जंगली चेरी रूखहरू सहित लगभग 400 जति रूखहरू छन्।

सुमियोशि चेरी फूल(Sakura Sumiyoshi) (नाकाहारा-कु / टोक्यु टोयोको लाइन वा टोक्यु मेगुरो लाइन, मोतोसुमियोशी स्टेशन)
फूलहरू नदीमा मिसिने खालको साकुराका रूखहरूको लहरै फैलिएका छन्। योशिनो साकुराका रूखहरू शिबु नदीको किनारमा लगभग 2 किलोमिटरसम्म फुलेका हुन्छन्। नजिकैको नाकाहारा पीश पार्कमा पनि साकुरा फूलहरूको दृश्यको आनन्द लिन सक्नुहुन्छ। यहाँ लगभग 250 योशिनो चेरी रूखहरू छन्।

निकार्योउ योसुइ कानल (Nikaryo Yosui Canal) (तामा वार्ड ・JR नाम्बु लाइन "स्युकुगावारा स्टेशन" बाट लगभग 2 मिनेट पैदल)
इडो कालमा निर्मित ऐतिहासिक सिँचाइ नहरहरू र नहरको छेउमा लगभग 2 किलोमिटरसम्म 400 वटा चेरीका रूखहरूको लहरै फैलिएका छन्।

8औं शताब्दीमा सुरु भएको हेयान कालदेखि लगातार मनाइँदै आएको 3 मार्चको "हिनामात्सुरी" लाई अर्को नाम "पिच महोत्सव" पनि भनिन्छ। यो महोत्सव केटीहरूको स्वस्थ र समृद्ध वृद्धिको लागि प्रार्थना गर्ने कार्यक्रम हो। पिच (आरु) लाई प्राचीन कालदेखि दुष्ट ऊर्जा (जाकी) हटाउने मान्यता दिइन्छ, र यो समयमा यो फूल मनमोहक रूपमा फुल्छ।
हिनामात्सुरीको अवसरमा, घरलाई हिना पुतलीहरू (हेयान कालका कुलीनहरूको पोशाकमा सजिएका पुतलीहरू) र पिचको फूलले सजाइएको हुन्छ। यस समयमा हिना अरारे, हिशिमोची चामलको केक आदि राखिन्छ, र सेतो साके र चिराशी सुशीको आनन्द लिइन्छ। वसन्त ऋतु चाँडै आउन लागेको छ।

2024 को जनवरी 1 तारिखदेखि डिसेम्बर 31 तारिखसम्मको कुल आम्दानी र खर्चको हिसाब गरेर आयको विवरण पेश गर्नु पर्ने हुन्छ। यसका आधारमा आयकरको निर्धारण गरिन्छ। स्वरोजगार, कृषि पेशा वा एक भन्दा बढी व्यवसायमा लागेका व्यक्तिहरूलाई आयको विवरण पेश अनिबार्य गर्नु पर्ने हुन्छ। तर, तलबमा काम गर्ने अफिस कर्मचारीहरूको हकमा भने आयको विवरण पेश गर्नु पर्दैन।
तल उल्लेखित गरिएका व्यक्तिहरुले भने आयको विवरण पेश गर्नु पर्ने हुन्छ:
・वार्षिक तलब २० करोड येन वा सोभन्दा बढी हुने व्यक्ति
・दुई भन्दा बढी ठाउँबाट तलब लिएर काम गरेको व्यक्ति
・ग्रार्मिड इलाकाहरुको लागि कर तिरेको व्यक्तिहरु (वान स्टप आवेदन दिने व्यक्तिहरु बाहेक)
・आवास कर्जाको कटौती लिएको पहिलो बर्ष अथवा चिकित्सा खर्च कटौती प्राप्त गर्ने व्यक्ति आदि
भिसा नवीकरण वा परिवर्तन गर्दा, आय विवरण घोषणा गरेको कागजपत्रको प्रतिलिपि पेश गर्नु पर्ने हुन सक्छ। त्यसकारण, यो कागजपत्रलाई सुरक्षित रूपमा ।

बिस्तृत विवरणको लागि, कृपया तलको लिङ्कमा रहेको राष्ट्रिय कर एजेन्सीको वेबसाइट चेक गर्नुहोस्।
◆अंग्रेजीको लागि:
https://www.nta.go.jp/english/taxes/individual/12011.htm

◆ विदेशीहरूको लागि कर रिटर्न तयार गर्ने म्यानुअल
https://www.nta.go.jp/taxes/shiraberu/shinkoku/tebiki/2023/foreigner/index.htm
म्यानुअलहरु अंग्रेजी, चिनियाँ, भियतनामी, पोर्चुगिज र नेपाली भाषामा उपलब्ध छन्।

「प्राथमिक स्कूल कस्तो हुन्छ?」「स्कूलको जानकारी शत्रहरुमा गएपनि भाषा बुझ्दिन/भनेको बुझ्दैन ...」जस्तो समस्यामा हुनुहुन्छ भए हामी तपाईंको चिन्ता समाधानको साथै प्राथमिक स्कूलमा प्रवेश गर्न मद्दत गर्छौ।

मिति : 2025 जनवरी 25(शनि) 13:30~16:00     
स्थान:खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क:नि:शुल्क(अनुबाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)
आबेदन / सम्पर्क:फोन नं.044-455-8811 इमेल : soudan39@kian.or.jp, आवेदन फारम बाट अथवा केन्द्रमा पाल्नु होला।

बिस्तृत जानाकारीहरु होमपेज तथा पम्फ्लेटमा हेर्नु होला।
https://www.kian.or.jp/evenko24/event/admission-guidance.shtml

हामी जापानीज भाषाको बक्तित्व प्रतियोगितामा भाग लिन चाहने विदेशीहरू खोजिरहेका छौं।
आवेदन दिने अन्तिम मिति:2025 जनवरी 14 (मंगल) सम्म
मिति र समय:2025 फेब्रेवरी 8 (शनि) 3:00~16:30 
स्थान:खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
योग्यता: 16 वर्ष वा सोभन्दा माथिका विदेशीहरू, जसको मातृभाषा जापानी नभएको, विगत पाँच वर्षभित्रमा जापान आएको र जो निम्न सर्तहरूमा पर्छन्:
खावासाकी शहरमा बसोबास गर्ने हाई स्कूलहरू, विश्वविद्यालयहरू र भोकेशनल स्कुलमा अध्यनरत बिधार्थीहरु
खावासाकी शहरको सिभिक सेन्टरमा जापानी भाषा पढ्नेहरू
खावासाकी शहरको कम्पनीमा काम गरिरहेका वा तालिम लिइरहेका व्यक्तिहरू
खावासाकी शहरमा बसोबास गर्ने अन्य नागरिक

※आवेदन / बिस्तृत जानकारीको लागि「खावासाकी अन्तर्राष्ट्रिय केन्द्र」सम्पर्क गर्नुहोस् ।
Tel. 044-435-7000 https://www.kian.or.jp/kic/topics/speech24.shtml

「प्राथमिक स्कूल कस्तो हुन्छ?」「स्कूलको जानकारी शत्रहरुमा गएपनि भाषा बुझ्दिन/भनेको बुझ्दैन ...」जस्तो समस्यामा हुनुहुन्छ भए हामी तपाईंको चिन्ता समाधानको साथै प्राथमिक स्कूलमा प्रवेश गर्न मद्दत गर्छौ।
मिति : 2025 जनवरी 25(शनि) 13:30~16:00     
स्थान:खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क:नि:शुल्क(अनुबाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)
आबेदन / सम्पर्क:फोन नं.044-455-8811 इमेल : soudan39@kian.or.jp, आवेदन फारम बाट अथवा केन्द्रमा पाल्नु होला।
बिस्तृत जानाकारीहरु होमपेज तथा पम्फ्लेटमा हेर्नु होला।
https://www.kian.or.jp/evenko24/event/admission-guidance.shtml

最近のブログ記事

counter