वर्षा ऋतु “चुयु”

जापानमा वर्षा ऋतु (विशेष गरी धेरै पानी पर्ने मौसमलाई वर्षायाम) पनि छ। ठाउँ अनुसार वर्षायाम शुरु हुने समय फरक-फरक हुन्छ। किनभने उत्तर-दक्षिण लम्बिएको जापानमा वर्षायाम बिस्तारै दक्षिण बाट उत्तरतिर सर्ने गर्छ। त्यसैले खान्तो प्रान्तको वर्षायाम भन्नाले जुन महिना देखि जुलाई सम्म (करिब एक महिना) हो।
यो समयमा सडक नीलो, गुलाबी, सेतो हाइड्रेंजिया (आजिसाई) फूलहरुले सजिएको हुन्छ। जसलाई हेरेर मध्य गर्मी मौसम अघिको क्षणको आनन्द लिन सक्छौं। साथै यो मौसममा हप्प गर्मी हुने र तापक्रम बढ्ने हुनाले, अस्वस्थ महसुस भई बिरामी हुने सम्भावना बढि हुन्छ। साथै खानामा गडबडी भई अस्वस्थ हुने (खाना विषाक्तता हुने) सम्भावना पनि हुने भएकोले सावधान रहनु होला।
अगस्ट २० तारिखमा खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा "बोच्चया" भन्ने खेलको प्रतियोगिता आयोजना गर्ने योजना छ। "बोच्चया" राष्ट्रियता अथवा शारीरिक असक्षमता पर्वाह नगरी मजा लिन सकिने खेल हो। त्यसैले समय मिलेमा अवश्य पनि भाग लिनुहोस्। प्रतियोगिताको बारेमा पछि फेरी विस्तृतरुपमा जानकारी गर्ने छौं।