[ सेचुबुन् र रिस्सुन् ]

जापानमा पहिलेदेखि २४ सौर्यचक्र भनिने एक वर्षलाई वसन्त, ग्रीष्म, शरद र शिशिर गरेर चार ऋतुहरुमा विभाजन गरि प्रत्येक ऋतुलाई पनि ६-६ वटामा विभाजन गरेको क्यालेन्डर छ। अहिले पनि “रिस्सुन्, सुन्बुन्, गेशी, रिस्शु, दाइखान्” आदि ऋतुको प्रतिनिधित्व गर्ने शब्दको रूपमा प्रयोग गर्ने गरिन्छ।

२४ औं सौर्यचक्र सकेर नयाँ सौर्यचक्र शुरुहुने समयलाई “सेचुबुन्” भनिन्छ। तर आजकाल “सेचुबुन्” भन्नाले “रिस्सुन्” को अघिल्लो दिनलाई भन्ने गरिन्छ। “रिस्सुन्” भनेको क्यालेन्डर अनुसार वसन्त ऋतु शुरु हुने दिन हो। “२४ सौर्यचक्र” को पहिलो सौर्यचक्र हो। यस वर्षको “रिस्सुन्” फेब्रुअरी ४ तारिख र “सेचुबुन्” फेब्रुअरी ३ तारिखमा पर्छ।

घरमा भएको खराब कुराहरु (दुष्ट भावनाहरु र राक्षसहरु) हटोस् र राम्रा कुराहरु मात्र घरभित्र बाकि रहोस् भनेर “सेचुबुन्” को साँझ घरबाट बाहिर भटमास फाल्ने चलन छ। यो वर्ष पनि “ओनी (राक्षसहरु) बाहिर ! फुकु (राम्रा कुराहरु) भित्र !” भन्ने नाराका साथ भाइरसबाट घरलाई मुक्त गरौ!