यस वर्ष पनि तपाईहरुलाई सेवा दिने मौका दिनुहुनेछ भन्ने आशा गर्दछौं।

वसन्त ऋतु भन्नाले विद्यालय भर्नाको लागि तयारी शुरु गर्ने समय हो। त्यसै अन्तर्गत खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले यस वर्ष पनि प्राथमिक विद्यालय भर्नाको लागि तयारी गर्न मद्दत गर्ने हेतुले "विदेशी तथा विदेशसँग जोडिएका बच्चाहरुको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम" को आयोजना गर्दैछ।
विद्यालय प्रवेश समारोह सम्ममा के-कस्तो तयारी गर्नुपर्छ? जापानको प्राथमिक विद्यालय कस्तो हुन्छ? जस्ता साधारण प्रश्नहरु तथा विद्यालय भर्नालाई लिएर मनमा आइरहेको प्रश्नहरुको उत्तर दिई तपाईहरुको चिन्ताको समाधान गर्न "विदेशी तथा विदेशसँग जोडिएका बच्चाहरुको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम" मा भाग लिनुहोस्! मिति, समय र आवेदन विधि निम्नानुसार छ।

"विदेशी तथा विदेशसँग जोडिएका बच्चाहरुको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम"
कहिले ? :२०२२/०१/२९ (शनिबार)  दिउँसो १:३० देखि ४:०० सम्म
कहाँ? :खावासाकी अन्तर्राष्ट्रिय केन्द्र हल
को ? :विदेशी तथा विदेशसँग जोडिएका बच्चाहरु र उनीहरुका अभिभावकहरु (प्राथमिक विद्यालयका विद्यार्थीहरु पनि सहभागी हुन सक्नु हुन्छ। )
कति ? :पैसा लाग्दैन्।
आवेदन दिने तरिका:फोन अथवा ईमेल आदि मार्फत आवेदन दिनुहोस्।
फोन नं. : 044-435-7000/ ईमेल:soudan39@kian.or.jp
ठेगाना:२-२ किजुकी गिओन्च्यो, नाकाहारा वडा, खावासाकी

स्टेशनरी सामानहरु र विद्यालयको झोलाहरुको प्रदर्शनी पनि छ! भाषिक अनुवाद तथा बच्चाहरुलाई हेरचाह गर्ने सुविधाहरुको पनि व्यवस्था गरिएको छ। कृपया कार्यक्रम सहभागिताको आवेदन दिनुको साथै यी सुविधाहरुको लागि पनि अग्रिम बुकिङ्ग गर्नुहोस्।
यो QR कोडबाट पनि आवेदन दिन सक्नुहुन्छ।