【अनलाइन "वाईवाई अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान कार्यक्रम" (२०२१/१२/१८ २:०० बजे देखि)】

जाडो मौसमको चिसो दिनहरुमा न्यानो पारेर घर भित्रै समय बिताउन मन पराउने मानिसहरु धेरै छन् जस्तो लाग्छ।
यही आउँदो डिसेम्बर १८ तारिख (शनिबार) दिउँसो २:०० बजेबाट खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले आ-आफ्नो घरमै बसेर पनि सजिलै सहभागी हुन मिल्ने अनलाइन "वाईवाई अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान कार्यक्रम" को आयोजना गर्ने भएको छ। त्यस कार्यक्रममा सहभागी भई सजिलो जापानिज भाषा प्रयोग गरेर विदेशीहरु र जापानीहरु सबै मिलेर कुराकानी गरि रमाइलो गरौं!
यस प्रकारको कार्यक्रम पहिलो पटक गर्न लागेको र कार्यक्रमको विषयवस्तु "वर्षको अन्त्य र नयाँ वर्षको बिदाहरु मनाउने" बारे हो। देश र संस्कृति अनुसारको बिदा मनाउने तरिका तथा खानाको परिकार आदिको परिचय गर्न सक्नुहुन्। साथै विषयवस्तु बाहेक पनि अनौपचारिक रूपमा कुरा गर्न सक्नुहुन्छ।

यदि तपाइँ सहभागी हुन चाहनुहुन्छ भने (१) कार्यक्रमको नाम, (२) आफ्नो नाम, (३)राष्ट्रियता, (४) फोन नम्बर र (५) ईमेल लेखेर soudan39@kian.or.jp मा पठाउनुहोस्।
सहभागिताको लागि आवेदन अन्तिम मिति डिसेम्बर १३ तारिख (सोमबार) हो।

प्रश्नावलीको जवाफ दिने सबै जनालाई उपहार स्वरुप मनपर्ने खानाको रेसिपी पठाउने छौं। रमाइलोका साथ प्रतीक्षा गर्नुहोस्!