[ वान स्टप केन्द्रको परामर्श सेवाको समय तालिका परिवर्तन बारे जानकारी ]

ढकमक्क फुलेको साकुरा (चेरी) को फूल सँग-सँगै नयाँ आर्थिक वर्षको शुरु भएको छ। हामीले अघिल्लो ब्लगमा जानकारी गरेझैं वान स्टप केन्द्र (केहि पर्दा सबैभन्दा पहिला सम्पर्क गर्ने ठाउँ) को परामर्श सेवाको नयाँ समय तालिका बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म (दिउँसोको खाजा खाने समयमा पनि परामर्श सेवा उपलब्ध ) भएको जानकारी गर्दछौं। यस वर्ष देखि दोभाषी टेलिफोन सेवा पनि शुरु गरेका छौं। त्यसैले तपाईको मातृभाषाको सल्लाहकार कार्यालयमा नभएको बारहरुमा पनि तपाईहरुलाई सेवा दिने व्यवस्था गरेका छौं।

विद्यालय भर्ना तथा रोजगारीको आरम्भ, नयाँ शैक्षिक सत्र, रोजगारीको परिवर्तन आदि तपाईहरुको नयाँ जीवन अथवा दैनिक जीवनमा कुनै समस्या परेमा फोन, ईमेल अथवा काउन्टर आई परामर्श लिनुहोस्।

नयाँ आर्थिक वर्षमा पनि हाम्रा ११ भाषाहरुका १२ जना सल्लाहकारहरुले तपाईलाई सहयोग गर्न सक्दो प्रयास गर्नेछन्! https://www.kian.or.jp/lne/kic/soudan.shtml

counter