खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशी भाषाको परामर्श सेवा

खावासाकी अन्तर्राष्ट्रिय संघमा विदेशी बासिन्दाको दैनिक जीवनमा परि आएका समस्याहरुको समाधान गर्नको लागि चाहिने जानकारी तथा अन्य आवश्यक जानकारीहरु सम्बन्धि नि: शुल्क परामर्श सेवा उपलब्ध गर्दै आइरहेको छ। अफ्ठ्यारो नमानी सल्लाहको लागि सम्पर्क गर्नु होस्। तपाइँको व्यक्तिगत विवरणहरुलाई गोप्य राखिने छ।

स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र

यो विदेशीहरूको लागि परामर्श सेवा वान स्टप केन्द्र (केहि पर्दा सबैभन्दा पहिला सम्पर्क गर्ने ठाउँ) को सूचना हो।

  • पुन:निमार्ण र सुविधाजनक बनाउनका लागी २०२३/१०/१ तारिक (आइतबार)बाट २०२४/१/३ तारिक(बुधबार)को समयमा खावासाकीअन्तराष्ट्रिय केन्द्रको मुख्य कार्यालय प्रयोग बन्द गरिएको छ।
    प्रयोग बन्द गरिएको दिनपनि बिदेशीको परामर्श दिइन्छ। निर्माणको आवाज आउने कुरा पनि जानकारी गराउँछ
  • कोरोना भाइरसको संक्रमणबाट सुर्क्षित हुने हेतुले केन्द्रमा परामर्शको लागि आउने व्यक्तिहरुको भीड कम गर्न केन्द्रमा आउनु भन्दा अगाडि हामीलाई फोन बाट अग्रिम जानकारी गर्नुहुन विनम्र अनुरोध गर्दछौं। (फोन नं. : 044-455-8811)
    जूम (Zoom) प्रयोग गरेर अनलाइन परामर्श दिने व्यवस्था पनि छ। कृपया अनलाइन परामर्शको उपयोग गरेर हेर्नु होस् !
    जूम (Zoom) अनलाइन परामर्श सेवाको आवेदन फाराम
    साथै, एक पटकको परामर्शको समय लगभग ३० मिनेट रहने छ। केन्द्रमा आउँदा ज्वोरो नापेर, हात सेनेटाइज गरेर र अनिवार्य रुपमा मास्क लगाएर मात्र आउनुहुन अनुरोध गर्दछौं।
    तपाइँहरुले अहिलेको परिस्थितिलाई बुझेर हामीलाई सहज तरिकाबाट कामगर्न सहयोग गर्नु हुन्छ बनेर आशा गरेका छौं।

परामर्श सेवाको समय:

बिहान ९:०० देखि दिउँसो ५:००सम्म

परामर्श सेवाको भाषाहरु
भाषा / बार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
अंग्रेजी
चिनियाँ
कोरियाली / उत्तर कोरियाली
स्पेनिश
पोर्तुगाली
तागालोग
भियतनामी
थाई
इन्डोनेसियाली
नेपाली
जापानिज

कृपया केन्द्रमा आउनु भन्दा अगाडि फोन बाट सम्पर्क गर्नु होस् ।

बहुसांस्कृतिक सामान्य परामर्श सेवाको वानस्टप केन्द्र

परामर्श सेवाको प्रत्यक्ष सम्पर्क नं.
044-455-8811

स्थान:

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र भित्र
फोन नं.: 044-435-7000
फ्याक्स नं.: ०४४-४३५-७०१०
ईमेल: kiankawasaki@kian.or.jp

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र सम्म आउने बाटो सम्बन्धि



Copyright (c) Kawasaki International Association. All rights reserved. 262131