डिसेम्बर महिना “सिवासु”

यो वर्ष पनि डिसेम्बर महिना शुरु भईसकेको छ। पुरानो जापानी शब्दमा डिसेम्बर महिनालाई “सिवासु” भन्ने गरिन्छ।
त्यसको अर्थ सम्बन्धि धेरै भनाईहरु छन्। तर सबै भन्दा प्रसिद्ध भनाई चाहि “शिक्षक भिक्षु सूत्र दिनको लागि यता-उता चारै तिर दौडी रहेको हुन्छ” भन्ने हो।
डिसेम्बर महिना भनेको त्यति सरो व्यस्त हुने महिना हो भन्ने एउटा उदाहरण हो। तर पनि आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान दिएर नयाँ वर्षलाई स्वागत गरौं।