【प्राथामिक विद्यालयको प्रवेश बारे जानकारी कार्यक्रमको सुचना 】

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा वसन्त ऋतुमा हुने नयाँ विद्यालय प्रवेशको तयारी संगै यो बर्ष पनि विदेशी बिद्यार्थी र उनीहरूकोअभिभावक लक्षित प्राथामिक विद्यालय प्रवेश जानकारी कार्यक्रमको आयोजना गर्दैछौं।
पूर्व प्रधानध्यापक र अनुभवभएका व्यक्तिहरूले भिडियो र खेलहरू मार्फत जापानी प्राथमिक विद्यालयहरूको बारेमा जानकारी दिदै,तपाईंहरूको प्रश्नको उत्तर दिनेछौं। प्राथामिक विद्यालयमा भर्ना हुन लागेकाहरूलाई मात्रनभई, प्राथमिक विद्यालयमा पढिरहेका पनिसहभागी हुन सक्नुहुन्छ।
कहिले?: २०२४/१/२७ तारिक ( शनि) १३ः३०~१६:००
कहाँ ?:खावासाकी अन्तराष्ट्रिय केन्द्र ,Kawasaki
City,Nakahara-ku, kizuki Gionchou 2-2
को?:विदेशी विद्यार्थी र अभिभावक
कति पैसा?:निशुल्क
फारम भर्ने वा फोनको लागी
ईमेलबाट फारमको लागी अनुरोध छ। छिटो सम्पर्क गर्नुभयो भनें अनुवादकको व्यवस्था गर्न पनि सजिलो हुन्छ।
फोन :044-435-7000  
ईमेल : soudan39@kian.or.jp
https://www.kian.or.jp/evenko23/event/admission-guidance.shtml
यस अन्तराष्ट्रिय केन्द्रमा फेरि प्रयोग गर्न सकिने विद्यालय झेला या शैक्षिक सामाग्री विद्यालय प्रवेश या विभिन्न कार्यक्रममा लगाउनसकिने कपडाहरू छन् भने हामी लिईरहेका छौं । त्यसपछि आवश्यक परिरहेकाहरूलाई पछाईरहेका पनि छौं ।
खावासाकी अन्तराष्ट्रिय केन्द्र्मा सम्पर्क गर्नुहोस् ।

counter