विदेशी तथा विदेशसँग जोडिएका बच्चाको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम

खावासाकी अन्तरास्ट्रिय केन्द्रमा विदेशी तथा विदेशसँग जोडिएका बच्चाको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम संचालन गर्न गइरहेका छौं।
"जापानको प्राथमिक विद्यालय भनेको कस्तो ठाउँ हो? " "जापानिज भाषा नबुझ्ने हुनाले विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रममा गए पनि केहि बुझ्दिन..." जस्ता प्राथमिक विद्यालय भर्ना सम्बन्धि चिन्ता तथा प्रश्नहरूको उत्तर दिई मद्दत गर्छौं। जापानको प्राथमिक विद्यालयको बारेमा पूर्व प्रधानाध्यापकको कुराहरु सुन्नेछौँ र भिडियो तथा गाइडबुक (बहुभाषी र खान्जिको माथि हिरागाना लेखेको) हेर्दै विद्यार्थी जीवन र भर्नाको लागि के-के तयारी गर्ने भनेर व्याख्या गर्नेछौं।
कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि होमपेज तथा कार्यक्रमको पर्चा हेर्नुहोस्।

मिति   :२०२३/ १/ २८ (शनिबार) दिउँसो १:३० देखि ४:०० सम्म 
स्थान  :खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क  :नि:शुल्क (अनुवाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)      
सम्पर्क :फोन(044-455-8811)、इमेल(soudan39@kian.or.jp)अथवा केन्द्रमा आएर प्रत्यक्ष आवेदन

counter