【विदेशीहरूको लागि परामर्श सेवाको वान स्टप केन्द्र】

अहिले सम्म धेरैले प्रयोग गरि सक्नु भएको खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको परामर्श सेवाको वान स्टप केन्द्रमा (केहि पर्दा सबैभन्दा पहिला सम्पर्क गर्ने ठाउँमा) सजिलो जापानिज भाषा सहित ११ भाषाहरुमा विदेशी बासिन्दाको समस्याहरुको समाधान गर्न परामर्श सेवाहरु प्रदान गर्दै आइरहेका छौं।
१२ जना सल्लाहकारहरु मध्ये धेरैजसो सल्लाहकारहरु विदेशी भएको हुनाले मातृभाषामा भाषा, संस्कृति र चलनहरुहरु आदिमा असर नपर्ने गरि सल्लाह गर्न सक्नुहुन्छ। परामर्श पछि तपाईहरुको समस्या समाधान भई तपाईहरुले ढुक्क महसुस गरेमा हामी खुसी हुनेछौं।
काउन्टरमा आएर मात्र नभई इमेल, फोन र अनलाइन (Zoom) बाट पनि परामर्श सेवा लिन सक्नुहुन्छ। विस्तृत विवरणको लागि तलको लिङ्क हेर्नुहोस्।
https://www.kian.or.jp/kic/soudan.shtml

साथै खावासाकी शहरको प्रत्येक वडा कार्यालयमा भिडियो फोन मार्फत सल्लाहकारसँग सीधै परामर्श लिन मिल्ने सुविधा पनि उपलब्ध भएको हुँदा बिना सङ्कोच यस सुविधाको प्रयोग गरेर हेनुहोस्।