"बोच्चया" भन्ने खेलको बारे जानकारी

अघिल्लो वर्ष कोरोना भाइरसको संक्रमण बढेको कारणले रद्द भएको "बोच्चया" प्रतियोगिता यस वर्ष आयोजना गर्ने भएको छ । सहभागिताको लागि आवेदन खुलेको छ। हामी तपाईहरुकाे आवेदनकाे प्रतिक्षा गर्ने छाैँ!
"बोच्चया" भन्ने यूरोपबाट शुरु भएको खेल हो। "बोच्चया" को अर्थ इटालियनमा "बल" हो। यस खेललाई सन् १९८४ साल देखि प्यारालम्पिकको एक आधिकारिक खेलको रुपमा समावेस गरिएको छ। सबै उमेर र लिङ्ग, शक्त र अशक्त व्यक्तिहरु सबै सँगै खेलेर रमाईलो गर्न सक्ने खेल हो।
६ वटा रातो बल र ६ वटा नीलो बलहरु "ज्याक बल" (लक्षित बल) भनिने सेतो बलको नजिकै आफ्नो समूहको बलहरुलाई पुर्याउने र कुन रंगको बल सेतो "ज्याक बल" को नजिक पुगेको छ सो रंगको बल हान्ने समूहले जित्ने एक रोमान्चक खेल हो।
राष्ट्रियता, लिङ्ग, शारीरिक तथा मानसिक अशक्तता आदि कुराको पर्वाह नगरी सबैसँगै मिलेर यस खेलको मजा लिन सक्छौं। आउनुहोस् ! सँगै "बोच्चया" खेल खेलेर अन्तर्राष्ट्रिय संस्कृतिको आनन्द लिऔं !

मिति र समय: २०२२ / ८ / २० (शनिबार) बिहान १० बजे बाट १२ बजे सम्म
ठाउँ: खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको हल
लक्षित सहभागीहरु: १२ वर्ष भन्दा माथिको जो सुकै पनि
आवेदनको तरिका: फोन (044-455-8811) अथवा ईमेल (soudan39@kian.or.jp) मार्फत

counter