[ वसन्त ऋतु ]

नयाँ शैक्षिक सत्र तथा आर्थिक वर्षको शुरुवात सँग-सँगै वसन्त ऋतुको आगमन भएको छ। सडक र नदीहरु साकुरा (चेरी) फूलका रङ्गीन पत्ताहरुले ढाकेको हेरेर मनमा आनन्द महसुस हुन्छ नि है !

धेरै देशहरुमा नयाँ शैक्षिक सत्रको शुरुवात सेप्टेम्बर महिनामा हुन्छ। तर जापानमा अप्रिल महिनामा साकुराको फूल सँगै नयाँ शैक्षिक सत्रको शुरुवात हुन्छ।

विद्यालय अथवा विश्व विद्यालयको प्रवेश समारोहमा साकुरा फूलको रुखमुनि बसेर फोटो खिचेको दृश्यहरु देख्न सक्नुहुन्छ। फूलको परागले गर्दा हुनसक्ने रोगबाट बच्न सावधानी अपानाउदै वसन्त ऋतु तथा फूलहरुको सुगन्धको आनन्द लिनुहोला।

counter