[कोरोना भाइरसको खोपको बारे]

तपाईंहरुले यो ब्लग पढ्दै गर्दा टोकियो ओलम्पिक २०२० को खेलहरु पनि भइरहेको हुन्छ। ५७ वर्षपछि विश्वभर कोरोना महामारी फैलिरहेको बेलामा टोकियो ओलम्पिक सम्पन्न गर्नु भनेको एक किसिमको ऐतिहासिक कुरा पनि हुन सक्छ। तर अहिलेको अवस्थामा चिन्ताको विषय भनेको कोरोना भाइरसको खोप हो।
यद्यपि प्रान्त अथवा शहर अनुसार स्थानीय सरकारको तर्फ बाट खोप लागाउने गतिमा फरक फरक भएतापनि कोरोना भाइरस संक्रमण विरुद्ध खोप लागाउने काम धमाधम कार्यान्वयन हुदैछ। जून महिनामा खोप लागाउन शुरु भएको बेलामा पनि यस ब्लग मार्फत विभिन्न जानकारीहरु दिएका थियौं। फेरी एक पटक हामी तपाईंहरुलाई खोप सम्बन्धित नयाँ लिंकको बारेमा सूचित गर्दैछौं। प्रत्यक लिंकहरुमा खोपको बारेमा विभिन्न महत्वपूर्ण जानकारी समावेश
भएको हुनाले तपाईंहरुको लागि यि जानकारीहरु उपयोगी भएमा हामीलाई खुसी लाग्ने छ।

«खावासाकी शहरको होमपेज »
कोरोना भाइरसको खोप लगाउनको लागि बुकिंग सम्बन्धि जानकारी
https://www.city.kawasaki.jp/350/page/0000128703.html

«खावासाकी शहरको बासिन्दाहरुले कोरोना भाइरसको खोप लगाउन अग्रिम बुकिंग गर्नको लागि बहुभाषिक फोन सुविधा»
बहुभाषिक फोन नं.: 0120-654-478 (बिहान ८:३० देखि साँझ ६:०० सम्म हरेक दिन)
उपलब्ध भाषा: अंग्रेजी, चाइनिज, कोरियन, पोर्तुगाली र स्पेनिश भाषामा फोनबाट बुकिङ्ग गर्न सक्नु हुन्छ।

«खावासाकी शहरको बासिन्दाहरुले कोरोना भाइरसको खोप लगाउन बारे सूचना»
https://www.city.kawasaki.jp/350/page/0000126099.html?furigana=on

«स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको कोरोना भाइरसको खोपको बारे»
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/vaccine_00184.html

«स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको बहुभाषी टेलिफोन परामर्श केन्द्र(कल सेन्टर)»
कोरोनाको भ्याक्सिन सम्बन्धित स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको टेलिफोन मार्फत सम्पर्क गर्ने केन्द्र पनि छ।
फोन नं: 0120-761770(फोन गरेको शुल्क लाग्दैन)
उपलब्ध भाषा: जापानिज, अंग्रेजी, चाइनिज, कोरियन वा उत्तर-कोरियन, पोतुगाली, थाई र भियतनामी
सम्पर्क समय:तल दिइएको समय तालिका हेर्नुहोस्।(शनिबार, आइतबार तथा बिदाको दिन पनि उपलब्ध)

  • जापानिज,अंग्रेजी, चाइनिज, कोरियन वा उत्तर-कोरियन, पोतुगाली, स्पेनिश (बिहान ९ बजे देखि राति ९ बजे सम्म)
  • थाई (बिहान ९ बजे देखि बेलुकी ६ बजे सम्म)
  • भियतनामी (बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म)

«प्रधानमन्त्री कार्यालय कोरोना भाइरसको खोपको बारे»
https://japan.kantei.go.jp/ongoingtopics/vaccine.html

«खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशी भाषाको परामर्श सेवाको वान स्टप केन्द्र (केहि पर्दा सबैभन्दा पहिला सम्पर्क गर्ने ठाउँ) »
खोप लगाउन अग्रिम बुकिंग गर्नको लागि सहयोग तथा खोप सम्बन्धित जानकारीहरु पनि प्रदान गर्नेछौं।
https://www.kian.or.jp/kic/soudan.shtml
कृपया कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाई आफुलाई सुरक्षित राख्नुहोस्।