【जुलाई १ तारिख देखि अनलाइन परामर्श सेवा शुरु हुदैछ】

सरकारले सकेसम्म घरबाट बाहिर ननिस्किन आग्रह गरिएको यस परिस्थितिमा तपाईहरु आ-आफ्नो घरबाट नै विदेशीहरुको लागि परामर्श सेवाको काउन्टर "वान स्टप सेन्टर" मा सम्पर्क गरि जूम (Zoom) मार्फत सजिलैसँग अनलाइन परामर्श लिन सक्नुहुनेछ। यो जूम (Zoom) अनलाइन परामर्श सेवा जुलाई १ तारिख बाट शुरु गर्दैछौं।

यदि तपाई अनलाइन परामर्श लिन चाहनुहुन्छ भने होमपेजमा भएको आवेदन फाराममा मिति र समय, परामर्श लिन चाहेको विषयहरु आदि भरेर हामीलाई पठाउनु होस्। सल्लाहकारले तपाईको आवेदन फाराम पहिले नै हेरेर आवश्यक जानकारीहरु संकलन गरिसकेपछि तपाईलाई सम्पर्क गर्नेछ।
जसले गर्दा हामी तपाईहरुलाई छिटो र फलदायी अनलाइन परामर्श सेवा प्रदान गर्न सक्षम हुनेछौं भन्ने हाम्रो सोच छ।

अनलाइन परामर्श सेवाको आवेदन फाराम जुलाई १ तारिख बाट तलको वेब साइटमा राख्ने योजना छ।
https://www.kian.or.jp/kic/soudan.shtml