【एक अर्काको मद्दत गर्ने एप्प्ली "मे आईआई"को परिचय】

के तपाईंले "मे आईआई" भन्ने एप्प्लीको बारेमा सुन्नु भएको छ? "मे आईआई" भनेको यो वर्षको शरद ऋतुमा खावासाकीको एउटा अभियानको रुपमा एक अर्काको मद्दत गर्ने एप्प्लीको रुपमा प्रयोगमा ल्याएको एप्प्ली हो।
शहरको बाटोहरु नभएकोले कँहा जाने थाहा नहुनु, भाषा थाहा नहुनु जस्ता कुराहरुको समस्या परेको बेलामा यो "मे आईआई" एप्प्लीको प्रयोग गर्न सक्नुहुनेछ। "मे आईआई" एप्प्लीको उपयोग गरेर के कुराको सहयोग चाहेको हो टाइप गरेमा नजिकको व्यक्तिलाई सहयोग (SOS)को सन्देश गई त्यस ठाउँमा सहयोग गर्ने व्यक्तिसँग भेट्न गर्न सक्नुहुन्छ। खावासाकी शहरको खावासाकी स्टेशन, मुसाशिकोसुगी स्टेशन, मुसाशिमिजोनोगुची स्टेशन, नोबोरितो स्टेशन र शिन्युरीगाओखा स्टेशनको वरिपरि यस एप्प्लीको प्रयोग गर्न सक्नु हुन्छ। साथै अहिलेको लागि जापानिज, अंग्रेजी र कोरियन भाषामा फोनको स्क्रिनमा सूचना हेर्न सक्नु हुनेछ।"मे आईआई" लाई सहयोगी समाजको विकासको रुपमा प्रयोग गरेर लगौं! विस्तृत जानकारीको लागि "मे आईआई" एप्प्लीको होम पेज (अंग्रेजी भाषा ) हेर्नुहोस्।
https://mayii.jp/en/index.html
iPhone, iPad बाट डाउनलोड गर्न यो लिङ्क हेर्नुहोस्।
https://apps.apple.com/jp/app/id1472700087
Android फोनबाट डाउनलोड गर्न यो लिङ्क हेर्नुहोस्।
https://play.google.com/store/apps/details...

counter