थप भाषामा परामर्श सेवा

जुलाई महिनामा ब्लगमा जानकारी गरे अनुसार, यस केन्द्रमा अहिले सम्म ७ वटा भाषामा (अंग्रेजी, चिनियाँ, कोरियन या उत्तर कोरियन, तागालोग, स्पेनिश, पोर्तुगाली र सजिलो जापानी) परामर्श दिदै आईरहेको थियो। अहिले अर्को ४ वटा भाषा (भियतनामी, थाई, इन्डोनेसियाली, नेपाली) थपिएको छ। साथै परामर्श सेवाको प्रत्यक्ष सम्पर्क नम्बर (०४४-४५५-८८११) पनि उपल्ब्ध छ।
यी भाषाहरूको सल्लाहकार नभएको दिनमा पनि अनुवाद सुबिधा अथवा अनुवाद उपकरण प्रयोग गरेर सल्लाह दिइन्छ । त्यसैले कुनै समस्या परेको खण्डमा अफ्ठ्यारो नमानी केन्द्रमा सम्पर्क गर्नु होस्। विस्तृत जानकारीको लागि केन्द्रको होम पेजमा हेर्नु होस्।
(https://www.kian.or.jp/kic/soudan.shtml)