【खावासाकी अन्तराष्ट्रिय केन्द्रको जापानी भाषा कक्षाको जानकारी 】

साकुरा फूलहरू यस वर्ष ढिलो फुलिरहेका छन्, र फूलहरू अन्ततः टोकियो क्षेत्रमा पूर्ण रूपमा फक्रिएका छन्।नयाँ सेमेस्टर वा नयाँ शैक्षिकशत्र सुरू कार्यस्थल प्रवेशले वसन्तले नयाँ र ताजा अनुभुति उत्साह ल्याउनेछ।

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा नयाँ शत्रको जापानी भाषा कक्षा अप्रिलबाट सुरुभएको छ।
「विदेशीहरूको लागी जापानी भाषा कक्षा 」 मा 、दिउँसोको कक्षा अप्रिल ९ देखि र साझँको कक्षा १० तारिखबाट सुरू हुन्छ। पहिलो दिनपछि विचमा पनि सहभागी हुन सकिन्छ । त्यसैले कक्षामा सहभागी हुन चाहनेहरू सम्पर्क गर्नुहोस्।

बिस्तृत जानकारीको लागी होमपेजको लिकंमा जानुहोस्।
https://www.kian.or.jp/kic/004.shtml