【प्रशासनिक लेखनदाससंगको जानकारी लिने 】

विदेशीहरूको भिसा र बसोबास स्थितिसँग सम्बन्धीत (भिसा प्राप्ति, बसाइको अवधि बढाउने,भिसा र बसाईको स्थिति परिवर्तन,बसाईस्थितिको प्रमाणपत्र, स्थायी बसोबास, बस्नको लागि विशेष अनुमति,जापानी पासपोर्ट, आदि), अन्तर्राष्ट्रिय विवाह / सम्बन्ध विच्छेद, बालबालिकाको राष्ट्रियता, कम्पनी स्थापना ,जापानमा शाखा स्थापना, बैदेशीक रोजगारीका बिषयमा निशुल्क परामर्श खावासाकीअन्तराष्ट्रिय केन्द्रमा हरेक महिना १ पटक आयोजना हुन्छ । अप्ठ्यारो नमानिकन सहभागी हुनुहोस्।


तर परामर्शहरू सामान्यतया जापानी भाषामा सञ्चालन गरिन्छ।त्यसैले यदि तपाईंलाई अनुवादक चाहिन्छ भने, जापानी भाषा बोल्नसक्ने व्यक्तिसँगै ल्याउनुहोस्। यदि तपाइँ शुल्क तिरेर अनुवादक राख्न चाहनुहुन्छ भने, दुई हप्ता अघि केन्द्रमा सम्पर्क गर्नुहोस्।

मिति : महिनाको तेस्रो आइतबार (दिउँसो २ बजेदेखि ४ बजेसम्म)

स्थान:खावासाकि अन्तराष्ट्रिय केन्द्र (आउने बेला केन्द्रको १ तलाको रिसेप्समनमा आउनुहोस्।

सम्पर्क : खावासाकी अन्तराष्ट्रिय केन्द्र

फोन :044-435-7000

   प्रशासनिक लेखनदास वातानावे कानून कार्यालय

फोन : 044-750-0764