【 विदेशी नागरिकहरूको लागी २९ औं जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको सहभागीको आवेदन खुल्ला। �

खावासाकी अन्तराष्ट्रिय केन्द्रले गर्दै आइरहेको विदेशीहरूको लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिन विदेशीहरूलाईआवेदन खुल्ला गरेको छ।


आवेदन समय > २०२३/१२/१(शुक्र)~२०२४/१/१५(सोम)


मिति > प्रतियोगिता २०२४/२/१० तारिक (सोम) १३ः००~१५ः३०

(खराब मौसमको अवस्थामा, कार्यक्रम मार्च २ तारिकमा आयोजना हुनेछ। मार्च २ मा मौसम खराब भएमा, कार्यक्रम स्थगित हुनेछ।)

ठाउँ>खावासाकी अन्तराष्ट्रिय केन्द्रको हल

(नोट) यो बर्ष प्रतियोगिता पछिको कार्यक्रम आयोजना हुनेछैन)

<सहभागीहरू>


१६ बर्ष भित्रको, जापानी भाषा मातृभाषा नभई जापान आएको ५ बर्ष भित्र भएको बिदेशी, यो भित्र पर्नेहरू

① खावासाकी नगरपालिकाको उच्च मावि, विश्वविद्यालय वा भोकेसस्कूलमा पढिरहेको विद्यार्थी

② खावासाकी नगरपालिका भित्रको संस्थामा जापानी भाषा पढिरहेको।

③ खावासाकी नगरपालिका भित्रको कम्पनिमा काम गरिरहेको या तालिम गरिरहेको ।


(नोट)सहभागी आवेदनपत्र ① र ② विद्यालयका प्रधानाध्यापकको सिफारिस③ तपाईंको कार्यस्थलमा सिफारिस आवश्यक छ।


<प्रतियोगिताको नियम > बोल्ने व्यक्ति ५ मिनेट भित्र सकाउनुपर्नेछ।

प्रथम पुरस्कार विजेतालाई पुरस्कारको रूपमा,तिस हजार येन मूल्यको उपहार र प्रमाणपत्र दिनेछौं।


त्यसबाहेक यो आवेदनको वारेमा खावासाकी अन्तराष्ट्रिय केन्द्रमा पनि जानकारी लिन सक्नुहुनेछ।

फोन. 044-435-7000 https://www.kian.or.jp/kic/topics/speech23.shtml

तपाईंहरूको सहभागी आवेदन पर्खिरहनेछौं।

counter