【हिना पर्व 】

मार्च ३ तारिक हिना पर्वलाई आरूको पर्व पनि भन्दछन,
बालिकाहरुको (छोरीहरुको) सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्रार्थना गर्ने दिन हो।

परापूर्वकालदेखि नै यो पर्वमा विभिन्न भनाईहरू छन्। १, ३, ५, ७ र ९ बिजोर अंक भएका दिनमाकेहि नराम्रो हुन् सक्छ भनेर कुनै पर्व मार्फत नराम्रो कुरालाई भगाउने चलनबाट सुरु भएको हो। 8 औं शताब्दीको अन्तिमतिर शान्तिको अवधिमा , मार्च 3 मा (जोउसी पर्व), मे 5 मा (तान्गो पर्व)र जुलाई 7 मा (तानाबाता) जस्ता वार्षिक पर्वका कार्यक्रमहरू भए।

हिनापर्व पूर्व दरबारका कुलीनहरूका छोराछोरीहरूद्वारा पुतलीसँग खेल्न सुरुगरी,यो समुराईलाई हस्तान्तरण गरिएको थियो र आधुनिक समयमा सामान्य भएको छ।

आरूको रूखलाई एक शुभ बिरुवा मानिन्थ्यो। जसले रोग र दुर्भाग्यबाट बचाउँछ।,आरुको फूलहरु फुल्छन्। वसन्त ऋतुमा आरूको फेस्टिवल पनि भन्छन्।
वसन्त ऋतु हेर्न मन पर्खिरहेको हुन्छ है।

counter