【प्राथमिक विद्यालय प्रवेश सम्बन्धी जनवरी २८ तारिकको कार्यक्रमबारे पुन:सूचना 】

「बिदेशी विद्यार्थीहरूको प्रथामिक विद्यालय प्रवेशबारे जानकारी दिने कार्यक्रमको」 सहभागिताकोलागी सुचना ।





「प्राथमिक विद्यालय भनेको कस्तो ठाउँ हो?」



「जापानी भाषा बुझिनँ, विद्यालयको जानकारी दिने कार्यक्रममा गएपनि केहि बुझिनँ...」

आदि प्रथामिक विद्यालय भर्नाको बारेमा सजिलो र बुझनेगरि जानकारी दिएर सहयोग गर्छौं ।





जापानी प्राथमिक विद्यालयहरूको बारेमा पूर्व प्रधानाध्यापक र अनुभवी आमाहरूका कुरा सुनाई,भिडियो र गाइडबुक (बिदेशी भाषामा भएको र खान्जीको माथि हिरागाना लेखेको )

जानकारी हेर्दै स्कूलको जीवन र स्कूलमा प्रवेश गर्नु अघि गर्नुपर्ने तयारी बारे पनि जानकारी दिनेछौं।



मिती र समय :२०२३/१/२८ तरिक (शनिबार ) १३ :३०~१६ :००



स्थान :खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल



शुल्क :निशुल्क (अनुवादक र बच्चाहेर्ने मान्छे उपलब्ध,बुकिङ्ग अनिवार्य गर्नुपर्छ ।)



आवेदन र थप जानकारीको लागी :फोन ०४४-४५५-८८११, इमेल soudan39@kian.or.jp

अथवा बुकिङ्ग गर्न केन्द्रमा आउन पनि सक्नुहुन्छ।



थप जानकारीको लागि होमपेज तथा कार्यक्रमको पर्चा हेर्नुहोस्।

https://www.kian.or.jp/evenko22/event/admission-guidance.shtml