"२८औं विदेशीहरुको जापानिज भाषा वक्तृत्व-कला प्रतियोगिता" प्रतिस्पर्धीहरुको निवेदन लिइदै !

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले विदेशी नागरिकहरूको लागि वार्षिक "जापानिज भाषा वक्तृत्व-कला प्रतियोगिता" आयोजना गर्न गइरहेको छ।
उच्चतम पुरस्कार स्वरुप 30,000 येन मूल्य बराबरको सामानहरु किन्ने कुपन प्रदान गरिनेछ। तपाईहरुको आवेदनको प्रतीक्षा गर्दैछौं।

आवेदन दिने अवधि: २०२२/ १२ / १ (बिहिबार) देखि २०२३/ १ / १८ (बुधबार)
मिति र समय: २०२३/ २/ १८ (शनिबार) दिउँसो १:०० बाट ३:३० सम्म
(※नोट)खराब मौसम आदिका कारण रद्द भएमा मार्च ४ (शनिबार) को लागि स्थगित हुनेछ।
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको हल
(※नोट) यस वर्ष पनि कोरोना भाइरस संक्रमण रोकथामलाई ध्यानमा राखेर प्रतियोगिता सकेपछिको जमघट कार्यक्रम आयोजना गर्दैनौं।

<आवेदकको योग्यता> मातृभाषा जापानिज भाषा नभएको र जापान आएको ५ वर्ष पुगेको १६ वर्ष अथवा सो भन्दा माथिका विदेशीहरु
<वक्तृत्व-कला प्रतियोगिताको ढाँचा> प्रति व्यक्तिको बोल्ने समय ५ मिनेट हुनेछ।

(१) खावासाकी शहरको उच्च माध्यमिक विद्यालय, विश्वविद्यालय, व्यावसायिक (सेन्मोन) विद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थी
(२) खावासाकी शहर भित्रको सरकारी केन्द्र जस्ता जापानिज भाषा पढाउने कक्षामा अध्ययन गर्ने विदेशी विद्यार्थी
(३) खावासाकी शहर भित्रको कम्पनीमा काम गर्ने अथवा तालिम लिई राखेको विदेशी
(※नोट) सहभागिताको लागि आवेदन दिनको लागि (१) र (२) को लागि पढने ठाउँ सिफारिस र (३) को लागि काम गर्ने ठाउँको कार्यालय प्रमुखको सिफारिस चाहिन्छ।

माथि उल्लेखित कुराहरु बाहेक आवेदन सम्बन्धि केहि प्रश्नहरु भएमा खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा सम्पर्क गर्नु होस्।
फोन नं.: 044-435-7000 
https://www.kian.or.jp/kic/topics/speech22.shtml