【पुर्न प्रकाशन】विदेशीहरुको लागि रोजगार सम्बन्धित सेमिनार

के तपाईहरुको रोजगार खोज्ने काम बिना कुनै समस्या राम्रो हुदै छ ?
खावासाकी अन्तर्राष्ट्रिय संघमा यो वर्ष पनि विदेशी बासिन्दाहरूको लागि रोजगार खोज्न आवश्यक जानकारी दिने सेमिनार आयोजना हुन गैरहेको छ।
अनुभवी प्रशिक्षकद्वारा व्यावहारिक कुराहरुको व्याख्या, अन्तरवार्ताको प्रदर्शन आदिको माध्यम बाट तपाईहरुलाई जापानमा रोजगार खोज्न सहयोग गर्नेछौं।
यदि भाषिक अनुवादको आवश्यक भएमा आवेदन दिंदा हामीलाई जानकारी गराउनु होस्।

मिति : २०२२/ ११/ २६ (शनिबार)  बिहान १० बजे देखि १२ बजे सम्म
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला, दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)
२-२ किजुकी गिओन्च्यो, नाकाहारा वडा, खावासाकी (तोयोको लाईन मोतोसुमियोशी स्टेशनबाट पैदल हिडेर १० मिनेट)
लक्षित संख्या : २० जना सम्म (पहिला आवेदन दिनेलाई पहिलो प्राथमिकता)
सहभागिता शुल्क : नि:शुल्क
बिषय : रोजगार खोज्दाको आधारभूत ज्ञान, खोज्ने तरिका तथा ध्यान पर्याउने पर्ने कुराहरु, अन्तरवार्ताको अभ्यास र प्रश्नोत्तर 
प्रशिक्षक : उकेन एकेडेमीको प्रधानाध्यापक फान्ग जेन हुआ(Fang Zhen Hua)

सम्पर्क/आवेदन : खावासाकी अन्तर्राष्ट्रिय संघमा फोन अथवा ईमेल बाट बुकिङ्ग गर्नुहोस्। ।     
फोन नं : 044-435-7000  
ईमेल : soudan39@kian.or.jp