युक्रेनी शरणार्थीहरु लक्षित सहयोगको बारेमा

रुसी सेनाले आक्रमण गर्दा युक्रेनको स्थिति अझै गम्भीर छ। युक्रेनीहरुलाई सहयोग गर्ने चाहेको तर कसरी सहयोग गर्ने भन्ने बारे थाहा नभएको मानिसहरुले वन स्टप सेन्टरमा सम्पर्क गारेर सोधपुछ गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई सहयोग गर्ने विभिन्न तरिकाहरुको बारेमा जानकारी प्रदान गर्ने छौं।
खावासाकी अन्तर्राष्ट्रिय संघले खानागावा युनिसेफ संघसँगको सहकार्यमा “युक्रेन आपतकालीन चन्दा” सङ्कलन गर्ने कार्य गर्दै आइरहेको छ।
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको काउन्टरमा चन्दा बाकस रखिएको छ। यदि चन्दा दिन चाहनु हुन्छ भने खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा आएर काउन्टरको चन्दा बाकसमा चन्दा खसाल्न सक्नुहुन्छ अथवा युनिसेफ संघको “युक्रेन आपतकालीन चन्दा” को वेबसाइट (https://unicef-kanagawa.jp/topics/522/ बाहिरी वेबसाइटको लिंक) बाट पनि चन्दा पठाउन सक्नुहुन्छ।
साथै खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले युक्रेनी शरणार्थीहरू लक्षित निम्न परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको छ।

बार र समय : सोमबार देखि शनिबार बिहान ९ बजे बाट साँझ ५ बजे सम्म
फोन नं : 044-455-8811
ईमेल : soudan39@kian.or.jp
जुम अनलाइन परामर्श: https://kian.or.jp/kic/soudan.shtml (अग्रिम बुकिङ्गको आवश्यक)
भाषाहरु : युक्रेनी भाषाको अनुवादक नभएको कारणले अनुवाद एप्प प्रयोग गरेर सल्लाहकारले परामर्श गर्ने गर्छ। अन्य भाषाहरूको लागि तलको वेबसाइटमा हेर्नुहोस्।
https://www.अनुवादकkian.or.jp/kic/soudan.shtml

सक्दो चाँडो युक्रेनमा शान्ति फर्कोस भन्ने कामना गर्दछु।

counter