【तेस्रो पटकको कोरोना भाइरसको खोप】

ओमिक्रोन स्ट्रेन नामको नयाँ प्रकारको कोरोना भाइरस व्यापक रूपमा फैलिरहेको छ र तेस्रो पटकको कोरोना भाइरसको खोप पनि राष्ट्रव्यापी रुपमा शुरु भएको छ। खावासाकी शहरमा पनि उमेर अनुसार पालैपालो खोप लगाउने कुपन पठाइँदै गरेको हुनाले धेरैजसो व्यक्तिहरुले खोप लगाउने कुपन प्राप्त गरिसक्नु भएको हुनुपर्छ। ओमिक्रोन सङ्क्रमणको रोकथामको लागि बुस्टर भ्याक्सिनेसन भनिने तेस्रो डोजको खोप प्रभावकारी भएको बताइएको छ।
खोप लगाउने कुपन पाइसकेको व्यक्तिहरुले इन्टरनेट अथवा फोन मार्फत सकेसम्म छिटो बुकिंग गर्नुहोस्।

बुकिंग बारे जानकारी:
https://www.city.kawasaki.jp/350/page/0000129683.html बाहिरी वेबसाइटको लिंक
कोरोना भाइरसको खोप लगाउनको लागि बुकिंग गर्ने केन्द्रको फोन नम्बर:
0120-654-478 (बिहान ८:३० देखि साँझ ६:०० शनिबार, आइतवार र बिदाका दिनहरुमा पनि खुल्ला हुने)
बुकिंग वेबसाइट:
https://v-yoyaku.jp/141305-kawasaki बाहिरी वेबसाइटको लिंक (२४ घण्टा सुचारु रहने)
【कोरोना भाइरसको संक्रमण】ज्वरो जस्ता लक्षण भएका व्यक्तिहरुको लागि जानकारी:
https://www.city.kawasaki.jp/350/page/0000116178.html बाहिरी वेबसाइटको लिंक

counter