[केटा बच्चाहरुको दिन]

अप्रिल महिनाको अन्त्य देखि मे महिनाको शुरुको हप्तामा जापानमा बिदा हुने हुनाले यो हप्तालाई "गोल्डन वीक" भन्ने गरिन्छ।
मे महिनाको ५ तारिख "केटा बच्चाहरुको दिन" भनिन्छ र अहिलेको आधुनिक समयमा यो दिनलाई "बाल दिवस" ​​पनि भन्ने गरिन्छ। तर परापुर्वकाल देखि मार्च महिनाको ३ तारिखलाई बालिकाहरुको दिन (हिना माचुरी) को रुपमा मनाए जस्तै यो दिनलाई "केटा बच्चाहरुको सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्रार्थना गर्ने दिन" को रुपमा मनाइन्छ।
नारा काल (८औं शताब्दी) तिरको दरबारबाट शुरु भएको प्रथा हो। ऋतु परिवर्तनको समयमा विभिन्न रोगबाट बच्नको लागि स्वस्थल़ाई राम्रो मानिने आईरिसको पातहरु तातो पानीमा राखेर नुहाउने, रक्सीमा राखेर पिउने प्रथाको रुपमा शुरु भएको हो।
त्यसपछि, सामुराईको युगमा "मार्शल आर्ट तथा सैनिकहरु" र "आइरिस" को बोटलाई सम्मान गर्ने भावनाले यो दिनलाई उत्सवको रुपमा मनाउन थाल्यो।
एडो कालको बीच तिर यस दिनलाई "केटा बच्चाहरुको जन्म र सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्राथना गर्ने दिन" को रुपमा शहरबासीहरूको संस्कृतिकमा जोड्न गई अहिलेको "केटा बच्चाहरुको दिन" को रूपमा मनाउन थाल्यो।
"गोल्डन वीक" मा कोरोना भाइरसको संक्रमणबाट आफुलाई बचाई स्वस्थ रहने हेतुले पनि आईरिसलाई तातो पानीमा राखेर नुहाउने गर्दा राम्रो हुनसक्छ।