[ खावासाकी शहरमा साकुरा फूल फुलेको हेर्ने मुख्य ठाउँहरु ]

चालै नपाई वसन्त ऋतुको आगमन भइसकेको छ। खान्तो क्षेत्रमा मार्चको अन्त्य देखि अप्रिलको शुरु सम्म साकुरा फुल फुलेको हेरेर आनन्द लिन सक्नु हुन्छ। खावासाकी शहरमा विभिन्न आकर्षण भएको पार्क र हरिया ठाउँहरू धेरै छन्। त्यस मध्ये पनि साकुराको फूलहरु हेर्न उपयुक्त दुई वटा ठाउँहरुको परिचय दिन चाहन्छु। समय मिलाएर हेर्न जानु होस् ।

निखार्योउ योउसुइ(तामा वडा, JR नान्बू लाईन, स्युकुगावारा स्टेशनबाट हिडेर २ मिनेट)
एदो कालमा निर्माण गरिएको ऐतिहासिक सिंचाई नहरको दाँया बाँया लगभग २ किमी सम्म लहरै करीव 400 वटा साकुराका रुखहरु रोपिएको छ।

आसाओगावा(आसाओ वडा, ओदावारा लाईन, खाकिओ स्टेशनबाट हिडेर ३ मिनेट)
खोलाको किनारमा रोपिएको २५० वटा साकुराका रुखहरुको लहरले गुलाबी रंगको सुरुङ्ग बनाएको पाइन्छ।

यस वर्ष पनि गत वर्ष जस्तै कोरोना भाइरसको माहामारी चलिरहेको बेला साकुरा फुल हेर्ने कार्यक्रम आयोजना हुने भएको छ। त्यसैले साकुराको रुखको मुनि बसेर भोज खाएर रमाइलो नगरी शान्त तरिका बाट साकुराको आनन्द लिनुहोस्।

विदेशी भाषाको परामर्शको समयको परिवर्तन बारे जानकारी !
२०२१ साल अप्रिल १ तारिख बाट परामर्श सेवाको समय बढेर बिहान ९ बजे देखि साँझ ५ बजे सम्म जारी भएको जानकारी गर्दछौं। (दिउँसोको खाजा खाने समयमा पनि परामर्श सेवा उपलब्ध हुनेछ। ) ११ वटा भाषाहरुमा सल्लाहकारहरु हुने दिनमा परिवर्तन हुने छैन्। तर, सल्लाहकार नभएको दिनहरुमा पनि दोभाषी टेलिफोन सेवा मार्फत परामर्श सेवा उपलब्ध गराइने छ। केहि समस्या परेमा अफ्ठ्यारो नमानी सम्पर्क गर्नुहोस्।