जापानको वर्षायाम

जापानमा विशेष गरी धेरै पानी पर्ने मौसमलाई वर्षायाम (वर्षा ऋतु) भनिन्छ। वर्षायाम लगभग जुन महिनाको दोस्रो हप्ता बाट जुलाई महिनाको अन्त सम्मको डेढ महिनालाई भनिने गरिन्छ। यो मौसममा हप्प गर्मी हुने र तापक्रम बढ्ने हुनाले, अस्वस्थ महसुस भई बिरामी हुने सम्भावना बढि हुन्छ। साथै खानामा गडबडी भई अस्वस्थ हुने (खाना विषाक्तता हुने) सम्भावना पनि हुने भएकोले सावधान रहनु होला।
वर्षायामलाई जापानिजमा “चुयु” भनिन्छ। “चुयु” भनेको चाइनिज अक्षर (खान्जी) मा आलुबखडा (उमे) को वर्षा (आमे) भनेर लेखिन्छ। वर्षायाम (चुयु) को चाइनिज अक्षर (खान्जी) को उत्पत्तिको बारेमा विभिन्न भनाईहरु छन्। जसमध्ये एउटा भनाई “यो पानी पर्ने मौसममा आलुबखडा पाक्ने भएर भनिएको हो” भन्ने पनि छ।आलुबखडालाई नूनसँग साधेर खाने खानेकुरा “उमेबोशी” भनिन्छ। यो गर्मी तथा थकाई मेट्नको लागि फाइदाजनक हुनुको साथै गर्मी मौसममा टिफिनलाई छिटो गन्हाउन बाट बचाउने पनि काम गर्ने हुनाले “उमेबोशी” खानु वर्षायाम (चुयु) मा स्वस्थको लागि राम्रो पनि हुन सक्छ। जापानमा विगतमा धेरै परिवारहरुले घरमै “उमेबोशी” बनाउने गर्थ्यो।