परामर्श काउन्टर पुन: संचालन हुने बारे सूचना

कोरोना भाइरसको संक्रमणको कारणले गरिएको आपतकालीन अवस्थाको घोषणालाई ध्यानमा राखि काउन्टरको परामर्श सेवा बन्द गरेका थियौं। तर, यहि आउदो जून 01 तारिख बाट विदेशीहरुको लागि संचालन गर्दै आइरहेको वन-स्टप केन्द्रको काउन्टरको परामर्श सेवा पुन: संचालन हुने जानकारी गर्दछौं।
परामर्शको लागि काउन्टरमा पाल्नुहुने माहानुभावहरुलाई मास्क लगाएर आउन र केन्द्रमा छिरेपछि राम्ररी आफ्ना हात धोएर मात्र काउन्टरमा आउन विनम्र अनुरोध गर्दछौं। साथै ज्वरोआएको अथवा अस्वस्थ महसुस गरिरहेको माहानुभावहरुलाई स्वस्थ ठिक भएपछि मात्र काउन्टरमा आइदिनु हुन अनुरोध गर्दछौं।

परामर्श सेवा उपलब्ध हुने समय: बिहान १०:०० देखि १२:०० सम्म र दिउँसो १:०० देखि ४:०० सम्म
नेपाली भाषामा परामर्श सेवा: मंगलबार र शनिबार
फोन अथवा ईमेल मार्फत दिइने विदेशी भाषाको परामर्श सेवा निरन्तर रुपमा संचालन हुदै भएको जानकारी पनि गर्दछौं।
प्रत्यक्ष सम्पर्क नं.: 044-455-8811
प्रत्यक्ष ईमेल: soudan39@kian.or.jp