[परिवारमा कसैलाई नयाँ कोरोना भाइरस रोग लागेमा के गर्नुहुन्छ ?]

  1. छुट्टै कोठामा बसौँ।
    बिरामी व्यक्ति कोठा बाट बाहिर ननिस्किनु होला ।
  2. बिरामी भएको व्यक्तिको रेखदेख गर्ने काम परिवारको कुनै पनि एक जनाले मात्र गर्ने गरौ ।
  3. मास्क लगाउने गरौ ।
    एक पटक प्रयोग गरिएको मास्क पूर्ण प्रयोग नगर्नु होला ।
    मास्कको भित्री भागमा हातले नछुनु होला ।
    मास्क निकाले पछि राम्ररी साबुनले हात धुनु होला ।
  4. दिनमा पटक-पटक हात धुने गरौ ।
    राम्ररि साबुनले हात धुने गरौ ।
    ह्याण्ड सैनिटाइजर प्रयोग गरौं।
  5. कोठाको झ्यालहरु समय-समयमा खोल्ने र बन्द गर्ने गरौ।
    बाहिरको हावालाई कोठामा छिर्ने दिनु गरौ ।
  6. परिवारका अन्य सदस्यहरूले छुने ठाउँहरु सैनिटाइजरले पुस्ने गरौ ।
    शौचालय र हात धुने ठाउँहरु साबुन प्रयोग गरेर सफा गर्ने गरौ ।
    त्यस पछि, सैनिटाइजरले पुस्ने गरौ ।
  7. रुमाल, तन्ना, सिरानी खोल, सिरक खोल र लुगाहरु धुने गरौ ।
    बिरामी व्यक्तिले प्रयोग गरेको रुमाल, तन्ना, सिरानी खोल, सिरक खोल र लुगाहरु धुने बेलामा अनिवार्य रुपमा पन्जा र मास्क लगाउनु होला ।
  8. फोहोर (सिङ्गन लिएको टिश्यु आदि) लाई प्लास्टिकको झोलामा राम्ररी पोको परेर फ्याकनु होला ।


“नयाँ कोरोना भाइरसको कारणले काम गर्न नसक्ने अथवा काममा बिदा लिनु पर्ने हुन सक्छ। यदि केहि समस्यामा परेमा हामीलाई सम्पर्क गरि परामर्श लिन होस् ।”

कहाँ :
खानागावा रोउदोउ क्योकु कोयोउ खान्क्यो / किन्तोउबु सिदोउखा सोउगोउ रोउदोउ सोउदान कर्नर
(खानागावा श्रम ब्यूरो, कामदार सम्बन्धित वातावरण तथा समानता विभाग, निर्देशन सेक्सन, सामान्य श्रम परामर्श कुर्नर)
(५-५७ कितानाखाडोरि, नाका वडा, योकोहामा    योकोहामा दाइ २ गोउदोउ च्योउस्या १३ तल्ला )
फोन नं :
०४५-२११-७३५८
समय :
बिहान ८:३० देखि साझँ ५:१५ सम्म
(सोमबार देखि शुक्रबार सम्म * आइतबार र छुट्टीको दिनहरूमा बन्द हुनेछ ।)