[विदेशीहरूको लागि निःशुल्क स्वास्थ्य परामर्श दिने कार्यक्रमको आयोजना]

मार्च १ (आइतबार)को दिन विदेशीहरूको लागि निःशुल्क स्वास्थ्य परामर्श दिने कार्यक्रम (भाषिक अनुवाद सुबिधा सहित) को आयोजना गर्दैछौ। अहिले सम्म जापानमा स्वास्थ्य जाँच नगराएको विदेशीहरुलाई सकेसम्म समय मिलाएर कार्यक्रममा सहभागी हुन बिनम्र अनुरोध गर्दछौ।
तागालोग, अंग्रेजी र भियतनामी भाषा (योजना)को अनुवाद सुबिधा उपलब्ध छ। अग्रिम जानकारी नगरिकन पनि कार्यक्रममा भाग लिन सक्नु हुनेछ।

मिति र समय :
२०२०/३/१ (आइतबार) दिउँसो २ बजे देखि ४:३० सम्म (काउन्टर खुल्ला रहने)
स्थान :
याथलिक सुएयोशिच्यो चर्च (१-१-13 सुएयोशिच्यो, नाका वडा, योकोहामा) *केइक्यु हिनोदेच्यो स्टेशन बाट पैदल हिडेर ६ मिनेट
विवरण :
छातीको एक्स-रे, रक्तचाप मापन, पिसाब जाँच , शारीरको उचाई / तौल मापन, डाक्टरद्वारा स्वास्थ्य जाँच
* त्यस दिन प्रशासकीय अधिकृत द्वारा वीजा सम्बन्धि (परिवारको अन्य सदस्यलाई बोलाउने, वीजा परिवर्तन, स्थायी बसोवासको दर्ता, नागरिकता परिवर्तन, अन्तर्राष्ट्रिय विवाहको प्रक्रिया, आदि) को परामर्श सेवा दिने सुबिधा पनि उपलब्ध गरिने छ। (दिउँसो २ बजे देखि ४:३० सम्म)
होमपेज :
https://mickanagawa.web.fc2.com/pdf/mm/mm20200301.pdf