[चाँडै “सेचुबुन्” भन्ने चाड आउँदैछ]

[चाँडै “सेचुबुन्” भन्ने चाड आउँदैछ]
“सेचुबुन्” भनेको पहिला पहिला जापानमा ऋतु परिवर्तन हुने बेलालाई भन्ने गरिन्थ्यो। जापानमा वसन्त, गर्मी, शरद र जाडो ४ वटा ऋतुहरु छ।
तर, अहिले बसन्त ऋतु शुरु हुनु अघिल्लो दिनलाई विशेष गरी “सेचुबुन्” भन्ने गरिन्छ। यो वर्ष “सेचुबुन्” फेब्रुअरी ३ तारिख (सोमबार) को दिनमा पर्छ।
यस दिनको साँझा भुतलाई भगाउन मुलढोका अथवा झ्यालबाट भटमास फाल्ने चलन छ। यो चाड हाम्रो “गठेमगंल” चाड सँग धेरै मिल्दो जुल्दो छ। साथै, अहिले “एहोमाकी” भनेर आफ्नो भाग्य राम्रो हुने दिशा तिर फर्केर केहि नबोली “नोरीमाकी” (समुद्री लेउ बाट बनेको नोरी भन्नेले बेरिएको सुसी) खाने चलन पनि छ। यस वर्ष पश्चिमी दिशा र दक्षिण-पश्चिम दिशाको बिचको दिशालाई भाग्य राम्रो हुने दिशा भनिएको छ।