【नयाँ वर्षको मंगलमय शुभकामना】

यो वर्ष रेईवाको दोस्रो वर्ष, जापानिज राशिचक्र अनुसार "मुसा" को वर्ष हो। जापानिज राशिचक्रलाई बाह्रवटा जनावरको नामबाट पनि चिनिन्छ। यि नामहरुलाई पहिले पहिले चीनमा दिशा, समय र मिति संकेत गर्न प्रयोग गर्ने गरिन्थियो।
ति बाह्रवटा नामहरु मुसा, गाई, बाघ, खरायो, ड्रेगन, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर र जंगली सुँगुर हो।
नयाँ वर्षमा ति नामहरुको सट्टामा निम्न अक्षरहरू प्रयोग गरिन्छ।
子(ने = मुसा)、丑(उशि = गाई)、寅(टोरा = बाघ)、卯(उ = खरायो)、辰(ताचु = ड्रेगन)、巳(मी = सर्प)、午(उमा = घोडा )、未(हिचुजी = भेडा)、申(सारु = बाँदर)、酉(टोरी = कुखुरा)、戌(इनु = कुकुर)、亥(इ = जंगली सुँगुर)