वर्षको अन्त्य तथा नयाँ वर्षको बिदाहरूमा अचानक बिरामी पर्नु भएमा

बिदामा अचानक बिरामी पर्नु भएमा बिदा बेलाको आपतकालिन क्लिनिक (क्युजिचु क्युखान सिनर्योज्यो) मा उपचार गराउन सक्नु हुनेछ। आइतवार, बिदाहरु र वर्षको अन्त तथा नयाँ वर्ष (डिसेम्बर ३० तारिख देखि जनवरी ४ तारिख सम्म) मा आन्तरिक चिकित्सा विभाग र बाल रोग विभाग खुल्ला हुनेछ। बिरामी जाँच्ने समय बिहान ९:०० देखि ११:३० सम्म र दिउँसो १:०० देखि ४:०० सम्म हो।
साथै प्रत्येक साझँ ६:३० देखि राति १०:३० सम्म तामा वडाको बिदाको रातको आपतकालीन क्लिनिक (तामा क्युजिचु याखान क्युखान सिनर्योज्यो) को आन्तरिक चिकित्सा विभाग खुल्ने छ र प्रत्येक साझँ ६:३० देखि अर्को दिनको बिहान ५:३० सम्म तामा वडाको बिदाको रातको आपतकालीन क्लिनिक (तामा क्युजिचु याखान क्युखान सिनर्योज्यो) भित्रको उत्तरी भागको बाल आपतकालीन केन्द्र (होकुबु स्योजी क्युब्यो सेन्टर) को बाल रोग विभाग खुल्ने छ। सोधपुछका लागि खावासाकी चिकित्सा संघको कार्यालय (०४४--७११-३०११) (kawai-kyuujitukyuukan@kawasaki.kanagawa.med.or.jp) मा सम्पर्क गर्नुहोस्।