खावासाकीमा मोमिजिगारी (खावासाकीमा शरद ऋतुको रंगीबिरंगी पातहरु हेर्ने)

तामा वडाको इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा) शरद ऋतुको रंगीबिरंगी पातहरू हेर्नको लागि प्रसिद्ध छ। फिरफिरे (मेपल), बाल कुमारी (मैदेनहेर), डाउन रेडउड (मेटासेकोइआ) आदिको बोटहरू रातो र पहेंलो रंगमा परिवर्तन भई सजिएको छ।
यो महिनाको २३ तारिख (शनिबार) र २४ तारिख (आइतबार) को दिन जापानिज सांस्कृतिक संग्रहालय भवन (निहोन मिन्खनएन) मा सूर्यास्त देखि बेलुकी ८ बजे सम्म उज्यालो पारेर (लाइट अप गरेर) जापानको पुरानो खेलहरु खेल्ने सामाग्रीहरु र लालटेनहरू भाडाँमा उपल्ब्ध गराई शरद ऋतुलाई रमाइलोसँग मनाउने व्यवस्था गरेको छ।
(बेलुकी ७ बजेर ४५ मिनेट सम्म प्रवेश गर्न मिल्ने)
* ओडाक्यु लाइन मुकोगाओखायुएन स्टेशनबाट हिडेर १५ मिनेट.