हात-खुट्टा-मुखको रोग फैलेको छ

हात-खुट्टा-मुखको रोग भनेको मुख भित्र, हत्केला, खुट्टा आदिमा २-३ मिलिको स-सानो पानीको फोका जस्तो खटिराहरु आउने रोग हो। ३८ °C (१०० डिग्री) सम्मको ज्वरो पनि आउन सक्छ। यो रोग लागेमा केहि गर्नु पर्दैन। विस्तारै आफै निको हुने भएकोले कुर्ने बाहेक अरू कुनै उपाए छैन। खोकी अथवा हच्छ्यु आउदा निस्किने थूक अथवा दिसा आदिमा भएको भाइरस बाट सर्ने भएकोले, हात राम्ररी धुने गर्नुहोस् र अरूले प्रयोग गरेको रुमाल प्रयोग नगरौ।