【लामो रात (नागाचुकी)】

शरद ऋतु शुरु भई बिहान र साँझ शीतल हुन थालेकोले दिन बिताउन सजिलो भएको छ।

जापानमा प्रत्येक महिनाको छुट्टै नाम छ। त्यस नाम अनुसार सेप्टेम्बरलाई "लामो रात (नागाचुकी)" भनिन्छ। नामको पछाडि विभिन्न भनाईहरु छ। तर एउटा भनाई अनुसार गर्मी महिना सकेपछि दिनहरु छोटो र रातहरु बिस्तारै लामो हुदै जाने अवस्थालाई जनाउदै रखिएको नाम हो।
सेप्टेम्बरमा "शरद ऋतुको बिचको पुर्णिमा (च्यूस्यू-नो-मेइगेचु" भनिने पर्व पनि मनाइन्छ। यो चन्द्र पात्रो अनुसार अगस्त १५ तारिखको रातमा देखिने चन्द्रमाको प्रशंसा गर्ने पर्व हो। यो वर्ष सेप्टेम्बर १० तारिखको पुर्णिमाको दिन यो पर्व परेको छ। यो वर्षको पर्वको दिन खुल्ला आकासको सुन्दर पूर्णिमालाई धेरै मानिसहरुले हेरेको होला भन्ने लागेको छ।

कीराहरूको आवाज सुन्दै मन देखि आनन्द लिएर चन्द्रमा हेर्दा केहि पल बिताउनु पनि राम्रै कुरा होइन् र !