[ फायरवर्क (हानाबी) ]

गर्मी महिनालाई सङ्केत गर्ने जापानको परम्परागत फायरवर्क (हानाबी) को इतिहास लगभग ४५० वर्ष भन्दा पहिलेको "सेनगोकु काल" को हो भन्ने भनाई छ। "एडो काल" मा "इएयासु टोकुगावा" ले पनि "हानाबी" हेरेको थियो भन्ने भनाई पनि छ। "एडो काल" मा "इएयासु टोकुगावा" ले पनि "हानाबी" हेरेको थियो भन्ने भनाई पनि छ। त्यस बेलादेखि, "एडो काल" को शहरबासीहरुको संस्कृतिलाई सम्रक्षण गर्दै आइरहेको "हानाबी" को लोकप्रियता घटेको छैन।
सुन्दर देखिने "हानाबी", सुन्दर मात्र नभई यसमा मृतकहरुको आत्मालाई सम्झिने अर्थ पनि लुकेको छ। गर्मी महिनाको "ओबोन" भन्ने पूर्वजहरुलाई सम्झिने पुरानो परम्परासँग जोडिएको पनि देखिन्छ। यदि गर्मी महिनामा "हानाबी" गर्ने कारण आदि यसको ईतिहास र सुरुवातको बारेमा जान्नु भयो भने तपाईंले हेर्ने "हानाबी" अहिले सम्मको भन्दा फरक पनि लाग्न सक्ने छ।
तामागावाको "हानाबी" एक ऐतिहासिक महोत्सव हो जुन १९२९ सालमा खावासाकी नगरपालिकाको स्थापनाको सम्झनामा शुरु गरेको थियो। कोरोना भाइरसको संक्रमणको कारणले यो वर्षको "हानाबी" पनि स्थगित भएको छ। अर्को वर्ष "हानाबी" हुन्छ भन्ने आशाका साथ प्रतिक्षा गरौं।

विस्तृत जानकारीको लागि होमपेजमा हेर्नुहोस्।
https://www.city.kawasaki.jp/280/page/0000117559.html?furigana=on बाहिरी वेबसाइटको लिंक