【युक्रेन आपतकालीन सहयोग कार्यक्रमको जानकारी】

अहिलेको युक्रेनको अवस्था हेरेर दुःखी भएको मानिसहरु धेरै छन् होला। जापान लगाएत विभिन्न देशहरुमा युक्रेनको लागि मानवीय सहायता बढ्दै गइरहेको छ। यहाँ युक्रेन सम्बन्धित खावासकी शहरको कार्यक्रमको जानकारी गर्दैछौं।

खावासाकी तथा शिन्युरी कला महोत्सव "आर्टेरिक्का शिन्युरी च्यारिटी कन्सर्ट"
मिति र समय: मे ५ तारिख (बिहिबार) दिउँसो २:०० शुरु
स्थान: खावासाकी आसाओ नागरीक केन्द्रको ठूलो हल (आसाओ सिमिन् खान दाइ हल)

मानवीय सहायताको रुपमा संचालन गर्न लागेको यो च्यारिटी कन्सर्टको अतिरिक्त "आर्टेरिक्का शिन्युरी" मा संचालन हुन गइरहेको कार्यक्रममा युक्रेनसँग सरोकारवालाहरुलाई मानवीय सहायताको रुपमा नि:शुल्क आमन्त्रित गर्न गइरहेका छौं। नि:शुल्क निमन्त्रणाको आवेदन दिन होमपेज हेर्नुहोस्। अप्रिल २२ तारिख देखि मे १५ तारिख सम्म युक्रेनसँग सरोकारवालाहरुको नि:शुल्क निमन्त्रणा कार्यक्रम संचालन हुन गइरहेको छ। (बिक्री भएका टिकटहरु बाहेक)
"आर्टेरिक्का शिन्युरी" होमपेज https://www.artericca-shinyuri.com/news/event/1803/ बाहिरी वेबसाइटको लिंक

युक्रेनको परम्परागत कलाको प्रदर्शनी र कुराकानी कार्यक्रम
युक्रेन शान्तिको प्रथाना गर्दै हाल खावासकी शहरमा बसोबास गर्दै आइरहेको युक्रेनको किउकी शहरको कलाकार "टेटयाना सोलोचुखा" लाई बोलाएर युक्रेनको परम्परागत कला "पिसान्की" को प्रदर्शनी र रुसको आक्रमणले गर्दा भएको विनाश पछिको युक्रेनको फोटोहरु प्रदर्शन गर्न गइरहेका छौं। साथ-साथै युक्रेनको इतिहास र संस्कृतिको बारेमा "टेटयाना सोलोचुखा" को परिवारको सदस्यसँगको कुराकानी कार्यक्रम आयोजना गर्न गइरहेका छौं।

मिति र समय: मे ७ तारिख (शनिबार)
■ परम्परागत कला प्रदर्शनी तथा फोटो प्रदर्शनी दिउँसो १:०० देखि ५:००
■ कुराकानी कार्यक्रम (१)दिउँसो २:०० देखि २:३० र (२)दिउँसो ४:०० देखि ४:३०
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला जानकारी आदानप्रदान लबी

मिति र समय: मे ८ तारिख (आइतबार)
■ परम्परागत कला प्रदर्शनी तथा फोटो प्रदर्शनी दिउँसो १:०० देखि ५:०० सम्म
■ कुराकानी कार्यक्रम (१) बिहान ११:०० देखि ११:३०, (२)दिउँसो २:०० देखि २:३० र (३)दिउँसो ४:०० देखि ४:३०
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला जानकारी आदानप्रदान लबी

प्रवेश शुल्क लाग्दैन्। तर कुराकानी कार्यक्रमका सहभागी हुन अग्रिम बुकिंगको आवश्यक भएकोले केन्द्रको वेबसाइट हेर्नु होस्।
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको वेबसाइट https://www.kian.or.jp/

सक्दो चाँडो युक्रेनको शान्ति फिर्ता होस् भनि मन देखि प्राथना गर्दछौं।