[ खावासाकीमा शरद ऋतुको रंगीबिरंगी पातहरु हेर्ने ठाउँ ]

हरेक दिन चिसो बढ्नुको साथ-साथै शरद ऋतुको रंगीबिरंगी पातहरु हेर्ने सुन्दर मौसमको आगमन पनि भइसकेको छ।
तामा वडामा भएको “इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा)” शरद ऋतुको रंगीबिरंगी पातहरु हेर्नेको लागि प्रसिद्ध ठाउँ हो। फिरफिरे (मेपल), बाल कुमारी (मैदेनहेर), डाउन रेडउड (मेटासेकोइआ) आदिको बोटहरु रातो र पहेंलो रंगमा परिवर्तन भई सजिएको छ।
यस वर्ष कोरोनाको कारण रात्रिको लाइट अप रद्द गरिएको छ। तर पनि “इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा)” मा गएर शरद ऋतुको मिठो घाममा रंगीबिरंगी पातहरुको आनन्द लिनु पनि राम्रै हो जस्तो लाग्छ। साथै निहोन मिन्खनएन् (जापानिज सांस्कृतिक संग्रहालय भवन) मा रहेको पुरानो लोकघर क्याफे “हराप्पा” मा गएर जापानिज मिठाईहरुको आनन्द पनि लिन सक्नुहुन्छ। “हराप्पा” क्याफे खुल्लाहुने दिन र समयको जानकारीको लागि तलको लिङ्क हेर्नुहोस्।
https://www.nihonminkaen.jp/event/autumn-cafe#detail बाहिरी वेबसाइटको लिंक

ओडाक्यु लाइन मुकोगाओखायुएन स्टेशनबाट हिडेर १५ मिनेटमा “इकुटार्योकुची (इकुटा भन्ने ठुलो बगैंचा)” छ।
https://www.ikutaryokuti.jp/ बाहिरी वेबसाइटको लिंक
https://www.ikutaryokuti.jp/access.html बाहिरी वेबसाइटको लिंक
(होमपेज बहुभाषामा पनि उपलब्ध छ।)