[अग्रिम बुकिंग बिना कोरोना भाइरसको खोप लगाउने बारे]

शरद ऋतुको आगमन सँग-सँगै जाडो पनि शुरु भएको छ। तपाइँहरु सबै सन्चै हुनुहुन्छ?
जापानमा बसोवास गर्ने अधिकांश बासिन्दाहरुले कोरोना भाइरसको दोस्रो डोजको खोप लगाइसकेको छ (अक्टोबर १८ तारिखको तथ्यांक अनुसार ६६.१%) र खावासाकी शहरमा नोभेम्बर महिना पछि नि: शुल्क खोप लगाउन पाउने सुविधालाई घटाउने योजना बनाएको छ। त्यसैले खोप लगाउन चाहने व्यक्तिहरुले सक्दो चाँडो खोप लगाउनुहोस्।
https://www3.nhk.or.jp/news/special/coronavirus/vaccine/progress/#mokuji4

खावासाकी शहरमा अक्टोबर महिनाको १२ तारिख देखि ३१ तारिख सम्म अग्रिम बुकिंग बिना कोरोना भाइरसको खोप लगाउन पाउने सुविधा उपलब्ध छ।

«अग्रिम बुकिंग बिना पहिलो डोजको कोरोना भाइरसको खोप लगाउने बारे जानकारी»
* खोपको कुपन र व्यक्ति पहिचान कागजपत्र अनिवार्य रुपमा साथमा लिएर आउनुहोस्। (यदि निम्न कागजपत्रहरु साथमा ल्याउन बिर्सेमा खोप लगाइदिदैन्) *
ठाउँ: दाई किबो सेस्स्यु खाइज्यो (धेरै जानाले खोप लगाउने ठाउँ ), NEC तामागावा रुनेस्सान्सु सिटी हल
अवधि: अक्टोबर १२ तारिख देखि ३१ तारिख (सोमबार बाहेक मंगलबार बाट आइतबार सम्म हप्ताको ६ दिन खोप लगाइने छ)
समय: दिउँसो १२:३० देखि साँझ ६:३० सम्म
खोपको प्रकार: मोदेरना (४ हप्ता पछि दोस्रो डोजको खोप लगाइन्छ)

ठाउँ: नान्बु सेस्स्यु खाइज्यो (दक्षिणी खोप लगाउने ठाउँ), नगरपालिकाको चौथो भवन अवधि: अक्टोबर १३ तारिख देखि ३१ तारिख (बुधबार बाट आइतबार सम्म हप्ताको ५ दिन खोप लगाइने छ)
समय: दिउँसो १:३० देखि साँझ ६:३० सम्म
खोपको प्रकार: फाइजर (३ हप्ता पछि दोस्रो डोजको खोप लगाइन्छ)

विस्तृत जानकारीको लागि नगरपालिकाको होमपेज हेर्नुहोस्।
https://www.city.kawasaki.jp/350/cmsfiles/contents/0000126/126099/yoyaku.pdf

साथै फोन मार्फत पनि (अंग्रेजी, चाइनिज, कोरियन, पोर्तुगाली र स्पेनिश भाषामा) जानकारी लिन सक्नुहुन्छ।
फोन नं.: 0120-654-478 (बिहान ८:३० देखि साँझ ६:०० सम्म, बिदाका दिनहरूमा पनि सम्पर्क गर्न सक्नुहुन्छ)

कोरोना भाइरसको खोप लगाइ सकेको अथवा लगाउन बाकि जे सुकै भएतापनि संक्रमण रोकथाममा ध्यान पुर्याउने कुरालाई निरन्तरता दिऔं।