【उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम आयोजना बारे सूचना】

"पठनको शरद ऋतु" भनिने शित्तल मौसमको आगमन सँग-सँगै अध्ययन गर्ने रमाइलो भएको होला भन्ने आशा गरेका छौं।
माध्यमिक विद्यालय तेस्रो वर्षको विद्यार्थीहरुको विद्यालयको पढाई पनि ६ महिना मात्र बाँकी छ। यस समयमा एक पटक फेरी परिवारको सदस्यहरु मिलेर आफ्नो भविष्यको बारेमा सोचेर हेर्ने होइन्।
खावासकी अन्तर्राष्ट्रिय केन्द्रमा यो वर्ष पनि "उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम" आयोजना गर्ने भएको छ। खानागावा प्रान्तको सरकारी उच्च माध्यमिक विद्यालयमा भर्ना हुनको लागि चाहिने आवश्यक जानकारीहरुको साथै परामर्श पनि दिईनेछ। भाषिक अनुवादको पनि व्यवस्था भएकोले हुनाले अवस्य कार्यक्रममा सहभागी हुनुहोस्।
प्रशासनिक अधिकृतको नि:शुल्क परामर्श पनि उपलब्ध छ। नि:शुल्क तर अनिवार्य रुपमा आवेदन दिनु पर्नेछ।

【मिति】२०२१/ ११/ २० (शनिबार)   दिउँसो १ बजे देखि ४ बजे सम्म
【स्थान】खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको हल  
【बिषय】परीक्षाको योग्यता तथा विद्यालय भर्ना सम्बन्धित अरु पनि विभिन्न कुराहरु
【लक्षित व्यक्ति】माध्यमिक विद्यालयको विद्यार्थी र अभिभावक अथवा समर्थक
【लक्षित संख्या】२० परिवार (एउटा परिवारबाट ३ जना सम्म)
【आवेदन दिने तरिका】 https://hsguide.me-net.or.jp/reservations/ (यो साइट बाट आवेदन दिनुहोस्।)
【आवेदन दिने अन्तिम मिति】२०२१/ १०/ ३० (शनिबार)
【सम्पर्क】 koko.guidance@gmail.com
【सहभागिता बारे जानकारी】ईमेल मार्फत सूचित गर्नेछौं
*कार्यक्रममा सहभागी हुन आउँदा तपाइँको दर्ता नम्बर र गाइडबुक साथमा लिएर आउनुहोस्।

उच्च माध्यमिक विद्यालयमा भर्ना भई आफ्नो भविष्यलाई उज्ज्वल बनाऔं। तपाइँहरुको सहभागिताको प्रतिक्षा गर्ने छौं।