「विदेशी नागरिकहरुको प्रतिनिधिको बैठक」

बहुसांस्कृतिक समाजको निर्माण गर्ने उद्देश्यले खावासाकी शहरमा "विदेशी नागरिकहरुको प्रतिनिधिको बैठक" को स्थापना गरेको छ।
यस बैठकमा प्रत्येक दुई वर्षमा हुने निर्वाचन बाट निर्वाचित भएका २६ जना विदेशी प्रतिनिधिहरु भेला भएर यस शहरमा दैनिक जीवन बिताउने क्रममा आफूहरुले महसुस गरेका कुराहरु तथा भोग्दै आइरहेका समस्याहरु आदिको बारेमा छलफल गर्ने गर्छ।
एक वर्ष भन्दा बढी खावासाकी शहरको बासिन्दाको नामावलीमा नाम दर्ता भएको १८ वर्ष लागेको अथवा सो भन्दा बढि उमेरको व्यक्ति (जापानी नागरिकता लिएको व्यक्ति बाहेक) लाई लक्षित गरेर १४ औं कार्यकालको लागि प्रतिनिधिहरुको आवेदन खुलेको छ।
यदि तपाइँ प्रतिनिधिको रुपमा बैठकको सदस्यको लागि आफ्नो नाम लेखाउन चाहनु हुन्छ भने तल दिइएको नम्बरमा फोन गरि हामीलाई सम्पर्क गर्नुहोस्।

सम्पर्क शाखा: खावासाकी नागरिक संस्कृति ब्यूरो नागरिक जीवन विभाग बहुसांस्कृतिक पदोन्नति शाखा फोन नं. 044-200-2846
*खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशीहरुको लागि परामर्श सेवाको काउन्टर "वान स्टप सेन्टर" ले पनि आवश्यक जानकारीहरु उपलब्ध गर्दै आइरहेको छ। फोन नं. 044-455-8811