【प्यारालिम्पिकको इतिहास】

सन् १९४८ सालमा लण्डनमा १४ औं ओलम्पिक खेलहरु भइरहेको बेलामा जर्मनी बाट इंग्ल्याण्ड आएर बसेको यहूदी डाक्टर गुडम्यानले लन्डनको बाहिरी भागको एउटा अस्पतालमा आयोजना गरेको आर्चेरी प्रतियोगिता (धनुष बाण हान्ने प्रतियोगिता) बाट प्यारालिम्पिक शुरु भएको भन्ने भनाई छ।
दोस्रो विश्व युद्धको बेलामा मुख्य गरि ढाडको हड्डीमा चोट लागेको सैनिकहरुको स्वास्थ्यलाभको लागि निरन्तर रुपमा आयोजना गर्ने गरेको यस प्रतियोगिता सन् १९५२ सालमा देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा परिणत भयो।
त्यसपछि सन् १९६० सालमा रोममा ओलम्पिक खेलहरु भइरहेको बेलामा अपाङ्ग व्यक्तिहरुलाई लक्षित गरि आयोजना गरेको खेलकुद प्रतियोगितालाई पहिलो प्यारालिम्पिक खेल भनियो। त्यस बेलाको प्रतियोगितामा आठ विधाका खेलहरु बास्केट बल, एथलेटिक्स, आर्चेरी (धनुष बाण हान्ने), फेन्सिंग, पौडी, टेबल टेनिस, स्नूकर (बिलियर्ड्स जस्तै खेल्ने खेल) र डार्क चेरी (धनुष बाण हान्ने जस्तै खेल) समावेस थियो। तर यस वर्ष जापानको टोकियो आयोजना हुन गइरहेको १६औं प्यारालिम्पिकमा प्रतियोगितामा २२ विधाका खेलहरु समावेस हुने भएको छ।
यस प्रकारबाट बिरामीहरुको स्वास्थ्यलाभको लागि शुरु गरिएको खेलकुद प्रतियोगिता प्यारालिम्पिक अहिले खेलाडीहरु बीचको प्रतिस्पर्धात्मक खेलमा विकसित भएको छ।
आउदो अगस्ट २४ तारिखमा १६ औं प्यारालिम्पिक खेलहरु शुरु हुदैछ। यो महिना खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना गर्ने भनिएको प्यारालिम्पिकमा खेलिने एउटा विधाको खेल "बोच्चया" प्रतियोगिता कोरोना संक्रमणको आपतकाल घोषणाको कारणले दुर्भाग्यवश रद्द गरिएको छ। तर पनि आउदो २४ तारिख देखि "बोच्चया" सहित २२ विधाको प्यारालिम्पिकको खेलहरुलाई घरमै बसेर हेरी आनन्द लिनु हुन्छ भनेर हामीले आशा गरेका छौं।