【ओबोन् (सोह्र श्राद्ध)】

ओलम्पिक हेरेर आनन्द लिनु भयो होला भनेर हामीले आशा गरेका छौं। अहिले हामी अगस्त २४ तारिख बाट शुरु हुने प्यारालिम्पिकको पर्खाईमा छौं।
ओलम्पिक र प्यारालिम्पिकको बीचमा लगभग दुई हप्ताको अंतर छ। जापानको "ओबोन्"(सोह्र श्राद्ध) यो अन्तरालमा पर्छ। "ओबोन्" (सोह्र श्राद्ध) भनेको आ-आफ्नो पितृहरुको आत्माहरुको पूजा गर्ने एक किसिमको पर्व हो। प्राचीन काल देखि गर्दै आइरहेको पितृहरुको पूजा (पितृहरुको आत्माको सम्मान) र बौद्ध धर्मलाई मिसाइएको (मिश्रित) पर्व हो। पहिला पहिला जुलाई महिनामा "ओबोन्" (सोह्र श्राद्ध) पर्ने गर्थ्यो। तर अहिले धान खेतीको मौसममा नपर्ने गरि अगस्ट १५ तारिखलाई केन्द्रित गरेर अगस्ट १३ तारिख देखि अगस्ट १६ तारिख सम्मको अवधिलाई "ओबोन्" (सोह्र श्राद्ध) को अवधिको रुपमा लिने क्षेत्रहरु धेरै छन्।
"ओबोन्" (सोह्र श्राद्ध) को अवधिमा पितृहरुको आत्मा घरमा फर्केर आउँछ भन्ने भनाई छ। त्यसैले घरमा फर्केर आउँने पितृहरुलाई आफ्नो घर खोज्न सजिलो होस् भनि अगस्ट १३ तारिखको साँझ घरको मूल धोकामा आगो बालेर खुल्ला राख्ने गर्छ।
"ओबोन्" (सोह्र श्राद्ध) मा पुजा गर्ने दराज (अंग्रेजीमा अल्टर) मा पितृहरुलाई यो संसारमा बोलाउने बेला (मुखाए बोन्) मा सकेसम्म चाँडो अओस् भनि छिटो दौडिने "घोडा" रुप दिई "काक्रो" र यो संसारबाट बिदा गर्ने बेला (ओकुरी बोन्) मा बिस्तारै फर्कोस् भनि ढिलो हिड्ने "गाई" को रुप दिई "भ्यन्ता" मा च्पस्टिकको खुट्टा राखेर चढाउने गर्छ।
संसारभरि नै "ओबोन्" (सोह्र श्राद्ध) जस्तै परिवारको सबै सदस्यहरु भेला भई आ-आफ्नो पितृहरुको सम्झनामा पूजा गर्ने पर्व छ भन्ने सुनिन्छ।
कोरोना माहामारी कम भई पितृहरुको आत्मा मात्र नभई विभिन्न कारणहरुले गर्दा परिवारसँग टाढा भएर बसेका व्यक्तिहरु पनि आफ्नो इच्छा अनुसार घर फर्केर परिवारसँग चाँडै भेट्न पाए राम्रो हुने थियो। त्यो दिन चाँडै आउने छ भनेर हामीले आशा गरेका छौं।