【के तपाई "बोच्चया" भन्ने खेल खेलेर हेर्न चाहनु हुन्छ?】

"बोच्चया" भन्ने यूरोपबाट शुरु भएको खेल हो। "बोच्चया" को अर्थ इटालियनमा "बल" हो। यस खेललाई सन् १९८४ साल देखि प्यारालम्पिकको एक आधिकारिक खेलको रुपमा समावेस गरिएको छ। सबै उमेर र लिङ्ग, शक्त र अशक्त व्यक्तिहरु सबै सँगै खेलेर रमाईलो गर्न सक्ने खेल हो।
६ वटा रातो बल र ६ वटा नीलो बलहरु "ज्याक बल" (लक्षित बल) भनिने सेतो बलको नजिकै आफ्नो समूहको बलहरुलाई पुर्याउने र कुन रंगको बल सेतो "ज्याक बल" को नजिक पुगेको छ सो रंगको बल हान्ने समूहले जित्ने एक रोमान्चक खेल हो। अगस्ट महिनामा केन्द्रमा "बोच्चया" खेल खेलाउने योजना छ। आउनुहोस् ! सँगै "बोच्चया" खेल खेलेर अन्तर्राष्ट्रिय संस्कृतिको आनन्द लिऔं !

मिति र समय: २०२१ / ८ / २१ (शनिबार) बिहान १० बजे बाट १२ बजे सम्म
ठाउँ: खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको हल
लक्षित सहभागीहरु: १२ वर्ष भन्दा माथिको जो सुकै पनि
आवेदनको तरिका: फोन (044-455-8811) अथवा ईमेल (soudan39@kian.or.jp) मार्फत

हामी तपाईहरुकाे आवेदनकाे प्रतिक्षा गर्ने छाैँ!